यौनशालामा बेश्या सँग भन्दा यौन खेलौनासँग मज्जा



अष्ट्रिया । भियनामा रहेको एक यौनशाला (वेश्यालय) ले प्रयोगको रुपमा ल्याएको यौन खेलौना (सेक्स डल) लाई ग्राहकले अत्याधिक रुचाएपछि अर्को ल्याउने तयारी गरिरहेको छ ।

भियनामा रहेको कोन्टाकोफ यौनशालाले फेनी नाम गरेको यौन खेलौनालाई आफ्ना ग्राहकलाई सन्तुष्ट बनाउन ल्याएको थियो । प्रति घन्टा ९ हजार ६ सय रुपैंया तिरेर यौन सुख लिन मिल्ने उक्त यौन खेलौना प्रति ग्राहकको अत्याधिक रुचि बढेको थियो । जुलाई महिनामा फेनी प्रति ग्राहकको अत्याधिक आकर्षण बढेपछि कोन्टाकोफ यौनशालाले फेनी जस्तै अर्को यौन खेलौना ल्याउनु पर्ने अवस्था आएको छ ।

५ फिट १ अग्लो उक्त यौन खेलौना ३८ किलोग्रामको रहेको थियो । लामो खैरो कपाल र ठुला स्तन भएको कारण फेनी प्रति धेरै पुरुष ग्राहकको आकर्षण रहेको थियो । फेनीसंग शारीरिक सम्बन्ध राख्नलाई ग्राहकहरु पालो कुरेर बस्न थालेपछि यौनशालाले अर्को ल्याउने सोचाई बनाएको हो ।

भियनाको यौनशालामा फेनीले लोकप्रियता पाएपछि अरु केही यौनशालाले पनि लाइफ साईजको यौन खेलौनालाई ल्याउने सोचाई बनाएको छ । फेनी जस्तो मानिसको आकारमा रहेको यौन खेलौना जापानी बजारवाट ल्याउनु पर्ने र त्यहाँ यौन खेलौनाको मुल्य ८ लाख ४० हजार रुपैंया पर्ने बताइएको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्