अखिल क्रान्तिकारीमा चन्द



नेपाल समाचारपत्र, बाँके । विप्लव माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, बाँकेको २३ औं जिल्ला सम्मेलनले मदन चन्दको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति चयन गरेको छ । क्रान्तिकारीको जिल्ला उपाध्यक्षमा प्रकाश वली, सचिवमा रमेश देवकोटा, सहसचिवमा दिनेशबाबु सिंह र कोषाध्यक्षमा कृष्ण न्यौपाने रहेका छन् ।  सम्मेलनको क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहले उद्घाटन गर्नु भएको थियो ।

क्रान्तिकारीले बुधबार पत्रकार सम्मेलन गरेर सम्मेलनको जानकारी गराएको हो । सो अवसरमा केन्द्रीय अध्यक्ष सिंहले विद्यार्थी जागरणसँगै प्रतिरोध अभियान अघि बढाएको बताउनुभयो । उहाँले राजनीतिको विकृति, विसंगति शिक्षामा देखिदा विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने उद्योग बनिरहेको धारणा राख्नुभयो । गतवर्ष एक हजार तीन सय ३३ विद्यार्थी ‘मर्ज’ भएका थिए । सरकारी विद्यालय मर्ज हुँदै जाने र निजी विद्यालयहरु च्याउ उमे्रसरह बढ्ने गरेको सिंहको भनाई थियो । शिक्षाको बजेट १७, ११ हुँदै नौ प्रतिशतमा झारिएको भन्दै सिंहले दलालको नियन्त्रणमा शिक्षा क्षेत्र रहेको बताउनुभयो ।

‘भिसी बन्न १२ करोड, सिटिइभिटीको सदस्य सचिव बन्न ७ करोड घुस खुवाउनु पर्छ, सिंहले दावी गर्नुभयो, यसरी घुस खाएर आएकाले काम गर्न सक्दैनन् ।’ लेनिन, माक्र्स र दश वर्षे जनयुद्ध भन्दा फरक एकीकृत जनक्रान्ति अभियान थालेको बताउने विद्यार्थी नेताले अभियान दलालविरुद्ध केन्द्रित हुने बताए । एकीकृत जनक्रान्तिमा देशभक्त जोसुकै गाँसिन सक्ने सिंहको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्