शुरु भयो च्याम्पियनस लिगको नयाँ सिजन: के पीएसजीले बार्सा र रियललाई हराउन सक्ला ?



रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्ने अभियानमा रहँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले यसैका लागि कीर्तिमानी रकम खर्चेर खेलाडीहरु किनेको छ । बार्सिलोना पनि आफ्ना गल्तीहरु सुधार्दै अघि बढ्ने पक्षमा रहेको देखिन्छ ।
यसका साथै अहिलेसम्मकै सबैभन्दा धेरै ६ बेलायती क्लबहरुका साथ युरोपियन च्याम्पियन्स लिग मंगलबारबाछ सुरु भएको छ । खेल सुरु भए साथै यस सिजनको च्याम्पियन्स लिग अहिलेसम्मकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

च्याम्पियन्स लिगको सन् १९९२ को सिजनयता लगातार ट्रफी जित्ने इतिहास बनाएको रियल मड्रिडले त्यसअघि नै इतिहास बनाइसकेको थियो ।

१९५६ मा युरोपियन कपको सुरुवात भएपछि रियलले लगातार पाँच संस्करण जितेको थियो । रियलले यो समयमा पनि त्यस उपलब्धि दोहोर्‍याउन सक्ला त भन्ने प्रश्न चिन्ह् खडा भएको छ ।

त्यस दिशामा रियल मड्रिड अहिलेसम्म सकारात्मक देखिएको छ, सायद कुनै टोली च्याम्पियन्स लिगको सिजनमा यति बलियो दावेदारको रुपमा देखिएको थिएन ।

जिदानको कार्यकालको सफलता अहिलेसम्म केवल ट्रफीका आधारमा मात्र मापन गर्न सकिन्छ । तर, यस तथ्यबाट पनि ग्यारेथ बेल (जिदान बेलका ठूला प्रशंसक हुन् ) जस्ता सुपरस्टारले समेत टिममा आफ्नो भूमिकाका लागि संघर्ष गर्नुपर्ने अवस्था देखिएको छ । किनकि पछिल्लो ६ महिनादेखि रियलका खेलाडीहरुले त्यही भूमिकामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यदि रियल मड्रिड अन्तर्राष्ट्रिय खेलाडी ट्रान्सफर मार्केटमा हुने महंगा महंगा ट्रान्सफर कीर्तिमानबाट हात झिकेको हो भने, उसको बिँडो थाम्ने गरी कुनै क्लब अगाडि बढेको छ भने त्यो हो पेरिस सेन्ट जर्मेन ।
नेइमारको ट्रान्सफर हस्ताक्षरले विश्व फुटबलमै सनसनी मच्चाइरहेको छ देखिन्छ । यसले फ्रान्सेली जायन्टका लागि एक नयाँ मोडको रुपमा महशुस गरिएको छ । कतार स्पोर्टस इन्भेस्टमेन्टले सन् २०११ मा क्लबको स्वामित्व ग्रहण गरेपछि पीएसजीले हासिल गर्न बाँकी उपलब्धी भनेको च्याम्पियन्स लिगको उपाधि मात्र हो ।

फ्रान्सका अहिलेका सबैभन्दा उत्कृष्ट स्ट्राइकर केलिन एमबाप्पेलाई मोनाकोबाट भित्र्याएपछि र विश्व किर्तीमानी रकममा नेइमारलाई अनुबन्ध गरिसकेपछि पिएसजीको अग्रपंक्ति विश्वमै उत्कृष्ट भएको बताइन्छ । तर, यो समीकरण बिल्कुलै नयाँ हो, ब्राजिली युवा, फ्रान्सेली किशोर र एडिसन काभानी । पहिलो सिजनमा उनीहरुको समन्वय भने हेर्न बाँकी नै छ ।

तर, यसका केहि सन्देह छैन कि विश्व फुटबलमा यी तीन स्ट्राइकरले तहल्का पिट्दैछन् । केहि मानिसको चिन्ता यो पनि छ कि काभानी छायाँमा पर्नेछन्, जसरी ज्लाटन इब्राहिमोबीच हुँदा उनीले त्यो भोग्न बाध्य भएका थिए ।

तर, नेइमार र एमबाप्पे दुवै वाइड एरियाबाट एट्याक गर्न रुचाउँछन् । एमबाप्पेले यसै वर्षको सुरुमा भनेका थिए कि नम्बर ९ जर्सीमा खेलेका रामाडेल फाल्काओलाई केन्द्रमा खुलेर खेल्न दिनुपर्छ, जसको उनलाई जरुरी छ । काभानी पनि त्यही गर्छन् ।

गत सिजन अन्तिम १६ मा पीएसजीलाई ध्वस्त बनाएपछि पाएको वाहीवाहीको सजाय बार्सिलोनाले नेइमारलाई गुमायो । त्यस जित पछिल्लो वर्षमा उसले प्रयोगमा ल्याएको सामूहिक गेमका कारण नभई नेइमारको एक्लो प्रयासका रुपमा बुझियो ।

नेइमार क्लबमा रहन चाहेनन्, त्यस्तै क्लब म्यानेजमेन्टले पनि विश्वास गुमाउन पुग्यो । लियोनल मेस्सीले अहिलेसम्म प्रस्तावित नयाँ सम्झौतामा हस्ताक्षर गरेका छैनन्, अर्को समरमा उनको सम्झौता सकिँदैछ । निक्कै दबावमा देखिएका क्लबका अध्यक्ष जोसेप बार्टोमेउले दाबी गरेका थिए कि आन्द्रेस इनिएष्टा नयाँ सम्झौतामा हस्ताक्षर गर्न तयार थिए, तर महान मिडफिल्डरले सार्वजनिक रुपमै इन्कार गरे ।

खराब म्यानेजमेन्ट र खेलाडी अनुबन्धमा खराब निर्णयका कारण बार्सिलोना आलोचित भर्इरहेको छ । यस सिजन नेल्सन सेमेडोजस्ता प्रतिभाशाली राइक ब्याक, मिडफिल्डमा पाउलिन्होको अनुबन्धले उसका केहि छिद्र पुर्ने प्रयास गरेको छ । पाउलिन्हो तिनै खेलाडी हुन्, जो टोटनहृयामका सुपर फ्लप भएका थिए ।

बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट ओस्मेन डेम्बेलेलाई भित्र्याएको छ, जसले नेइमारको स्थान लिनेछन् । आफ्ना पुस्ताका उत्कृष्ट प्रतिभाका रुपमा रहेका १९ वर्षे कीशोरलाई विश्व उत्कृष्ट खेलाडीको दावेदारको रुपमा लिइन्छ ।
बार्सिलोनाको डेप्थ स्ट्रेन्थमा कमी देखिएको छ । जस्तै सन् २०१५ को क्वाटरफाइनलमा पहिलो लिग मुस्किलले जितेपछि दोस्रो लिगमा पराजित हुनाको कारण थकान थियो । रियल एक कदम अघि देखिएको थियो त्यस बेला ।

यस सिजन च्याम्पियन्स लिग कसले उपाधी कसले जित्ला भन्ने एउटा सामान्य आंकलन पनि गर्न सकिदैन किनकि सबै क्लबमा क्षमतावान खेलाडीहरु रहेका छन् । त्यसकारण सबै जितका दाबेदार मानिएका छन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्