एसिसी एसिया यू–१९ इस्टर्न क्रिकेट : नेपालको लगातार दोस्रो जित, भुटान ९ विकेटले पराजित



नेपाल समाचारपत्र, काठमाडौ ।

एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपाललाई भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा पूरा गर्दै भुटानमाथी ९ विकेटको सहज जित हात पारेको हो।

नेपालको इनिङमा आसिफ शेख २३ र अनिलकुमार साह ४ रनमा नटआउट रहे। नेपालको इनिङमा ओपनर सन्दीप सुनारले २१ रनको योगदान दिए।भुटानका लागि छिरिङ पेनजोरले एक विकेट लिए।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको भुटानले २८ ओभरमा सबै विकेट गुमाउँदै ५० रन बनाएको थियो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए।

कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए। यस्तै सन्दीप लामिछाने ७ ओभर बलिङ गर्दा ३ मेडन राखेर ७ रन दिदै ४ विकेट लिए। नन्दन यादवले १ विकेट लिए।

कप्तान तासी फुन्ट्सोले सर्वाधिक १६ रन बनाए भने ओपनर उग्यन दोर्जीले १३ रन बनाए।

खेलमा ५ विकेट लिएका नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी म्यान अफ दि म्याच घोषित भए।

भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा पूरा गरेको हो।एसीसी यू–१९ इस्टर्न क्रिकेट ः नेपालको लगातार दोस्रो जित, भुटान ९ विकेटले पराजित
नेपाल समाचारपत्र, काठमाडौ ।

एसीसी यू–१९ इस्टर्न क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपाललाई भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा पूरा गर्दै भुटानमाथी ९ विकेटको सहज जित हात पारेको हो।

नेपालको इनिङमा आसिफ शेख २३ र अनिलकुमार साह ४ रनमा नटआउट रहे। नेपालको इनिङमा ओपनर सन्दीप सुनारले २१ रनको योगदान दिए।भुटानका लागि छिरिङ पेनजोरले एक विकेट लिए।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको भुटानले २८ ओभरमा सबै विकेट गुमाउँदै ५० रन बनाएको थियो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए।

कप्तान दीपेन्द्रले ८ ओभर बलिङ गर्दै २३ रन दिएर ५ विकेट लिए। यस्तै सन्दीप लामिछाने ७ ओभर बलिङ गर्दा ३ मेडन राखेर ७ रन दिदै ४ विकेट लिए। नन्दन यादवले १ विकेट लिए।

कप्तान तासी फुन्ट्सोले सर्वाधिक १६ रन बनाए भने ओपनर उग्यन दोर्जीले १३ रन बनाए।

जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनमला प्रवेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्