मन्त्रिमण्डल अझै ठूलो बनाऊ



‘नपाउनेले के पायो बोक्रैसँग चपायो’ भन्ने त नेपाल भनाइ नै छ। खान हुने हो कि होइन, तर पाए पनि चपाउँदा सबै राम्रो हुन्छ भन्ने छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफैले कायम गरेको कीर्तिमान आफै तोडेका छन्। रेकर्ड बनाउन सिपालु देउवाले यसअघि पनि ठूलो मन्त्रिपरिषद् बनाएर आफ्नो कीर्तिमान कायम गरिसकेका थिए। सबै कीर्तिमान जनताको पक्षमा हुन्छ भन्ने छैन।

चौथो कार्यकाल प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म नेपालमा नबेको ५४ सदस्यीय मन्त्रिमण्डल बनाएर आफ्नै रेकर्ड ब्रेक गरेका छन्। देउवाले अझै के के रेकर्ड बनाउने हो भन्दै जनता पनि तीनछक परेको धरहराको ठम्याइ छ।

धरहराले दूरबिन सोझ्याउँदा बालुवाटारमा प्रधानमन्त्री देउवा गदगद हाँस्दै गरेको दृश्य फेला प¥यो। कारण के रहेछ भनेर पत्ता लगाउन कोसिस गरेको त मन्त्रिमण्डल ठूलो बनाउन सकेको खुसीयाली पो मनाएका रहेछन्। धन्य देउवा सरकार अझै पनि यो मन्त्रिमण्डल सानो लाग्छ भने अझै बढाउँदा हुन्छ। किनकि अझै पनि साढे ५ सय सांसद मन्त्री हुनका लागि मुख मिठ्याएर बसेकै छन्।

राज्यलाई जति घाटा होस् के भो र?

मन्त्री थप्न पाए भइहाल्यो। देउवाको नीति पनि काइदाकै छ। डाडुपन्यँु पाएपछि जसरी र जति बाँडे पनि भयो। ढुकुटी रित्तिन्छ भन्ने देउवालाई केको चिन्ता? कि कसो पाठकवृन्द !

 

प्रतिक्रिया दिनुहोस्