मबाप्पेमाथि ठूला क्लबको नजर



लन्डन, (एजेन्सी)
पेरिस सेन्ट जर्मेनका अध्यक्ष नासेर अल खेलाइफीले काइलीएन मबाप्पेलाई अनुबन्ध गर्न अन्य क्लबले ठूलो रकमको प्रस्ताव राखेको खुलासा गरेका छन्। १८ वर्षीय मबाप्पेलाई पेरिसले मोनाकोबाट अहिले एक वर्षका लागि ऋणमा भिœयाएको हो। अर्को समर (ग्रीष्म)मा उनलाई क्लबले स्थायी रूपमा राखिने पनि जनाएको छ। उनका लागि पेरिसले १६ करोड ६० लाख पाउन्ड तिर्ने तयारी गरिरहेको पनि डेली टेलिग्राफमा उल्लेख छ।

मबाप्पेलाई पेरिस मन परेकाले पनि मोनाकोबाट ट्रान्सफर भएको उनले बताएका छन्। उनको क्लबका लागि नै खेलिरहने सपना भएको पनि उनले प्रस्ट्याएका छन्। उनलाई रियल मेड्रिड, आर्सेनल र चेल्सीका साथै अन्य युरोपियन हेभिवेट क्लबहरूले पनि चासो लिइरहेका छन्। उनले गत सिजनमा मोनाकाका लागि २६ गोल गरेका थिए।

फ्रेन्च लिग वान क्लब पेरिसले नेयमारलाई विश्व रेकर्डका साथ १९ करोड ८० लाख पाउन्डमा भिœयाएको थियो। क्लबका अध्यक्ष कतारीले बताए– ‘विश्वास गर्नु यो धेरै नै प्रतिस्पर्धात्मक थियो। केही अन्य क्लबहरूले मबाप्पेलाई हामीले भन्दा बढी अफर गरेका थिए। हरेक ठूला क्लब उनलाई चाहेका थिए। उनी फ्रेन्च हुन र फ्रान्समै बस्न मन पराउँछन्। उनको मुटु नै क्लबमा छ भने अन्यले चाहेर के गर्ने।

कोस्टा एटलेटिकोमै फर्कने
चेल्सीका स्ट्राइकर डिएगो कोस्टा यसै साताको अन्त्यसम्ममा एटलेटिको मेड्रिडमा फर्कने आशा गरिरहेका छन्। डेली टेलिग्राफले जनाएअनुसार एटलेटिकोले उनलाई ४ करोड पाउन्डको प्रस्ताव राखिरहेको तथा त्यसमा ९० लाख थप गर्नुका साथै ४० लाख बोनस तिर्नेछ। स्पेनी क्लबले कोस्टाका लागि जम्मा ५ करोड ३० लाख पाउन्ड तिर्नेछ।

च्याम्पियन्स लिगअन्तर्गत सेप्टेम्बर २७ मा चेल्सी र एटलेटिकोको भेट हुनेछ। यो खेलअगाडि नै एटलेटिको कोस्टालाई अनुबन्ध गर्ने तयारीमा छ। कोस्टाले ठीक तरिकासँग चेल्सीको प्रशिक्षणमा सहभागिता पनि जनाएका छैनन्। उनले एफए कप फाइनलदेखि खेलेकै छैनन्। सो प्रतियोगितामा इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सेनलसँग हारेको थियो।

त्यस्तै चेल्सीका मेनेजर एन्टोनियो कोन्टेले पनि उनको योजनामा नरहेको भन्दै कोस्टालाई सन्देश पठाएका थिए। यसैगरी फेनेरबाच र बेसिकटासले पनि कोस्टालाई लिन खोजिरहेका छन्। जनवरीसम्ममा ऋणमा भिœयाउन उनीहरूको चाहना रहेको छ। तर अहिले भने टर्कीका क्लबले उनलाई भिœयाउन सकिँदैन। टर्कीको विन्डो सेप्टेम्बर १ मै बन्द भइसकेको थियो।

प्रतिक्रिया दिनुहोस्