दज्र्यानी चिहरन पाखुराको सट्टा काँधमा



काठमाडौं, (नेस)
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानदेखि वरिष्ठ हवल्दारले पाखुरामा लगाउँदै आएको दज्र्यानी चिहरन अब काँधमा लगाउने भएका छन्।

यसअघि पाखुरामा लगाउँदै आएको चिहरन बेलाबेलामा हराउने, आन्दोलनमा जाँदा प्रहरी जवान तथा प्रहरी वरिष्ठ हवल्दारको दज्र्यानी चिहरन हराउने क्रम बढेको भन्दै दुवै संगठनले अब ती दज्यानी चिहरन कुममा नै लगाउने व्यवस्था गरेको हो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले विभिन्न पाखुरामा लगाइदै आएको दज्र्यानी चिन्ह अब अन्य अधिकृतहरूले जस्तै सिपाही तथा हवल्दारहरूले पनि दज्र्यानी चिन्ह कुममा लगाउने व्यवस्था भएको बताउनुभयो।

उहाँले दज्र्यानी चिन्ह पाखुरामा लगाउँदा भिडभाड तथा अन्य क्षेत्रमा खटिदा फुस्कने र चिन्ह अड्याउन पिनको प्रयोग गरिदा त्यसले स्वयम् सुरक्षाकर्मी तथा अन्य नजिकका व्यक्तिलाई समेत क्षति पुर्याउने भएकाले नयाँव्यवस्था गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्