पर्वतमा आत्महत्या गर्नेको संख्यामा महिला भन्दा पुरुष बढी



नेपाल समाचारपत्र,पर्वत ।

पर्वत जिल्ला आत्महत्या गर्नेहरुको संख्या बढेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आर्थिक बर्ष ०७१÷७२ मा ३९ जनाले आत्महत्या गरेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार झुण्डिएर ३० जनाले आत्महत्या गरेका छन् । त्यस्तै हाम फालेर ६, औजार प्रयोग गरेर १ जना, लागु औषध सेवन गरेर २ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै आर्थिक बर्ष ०७२÷७३ मा झुण्डिएर २३ जना,विष सेवनवाट २ जना, हाम फालेर ४ जना र लागुऔषध सेवनवाट १ जनाले आत्महत्या गरेका तथ्यङकमा उल्लेख गरिएको छ ।

०७३÷७४ मा झण्डीएर २६ जनाले आत्महत्या गरेका छन् । त्यस्तै विष सेवनवाट १ जना, हाम फालेर ४ जना, लागु औषध सेवन गरेर १ जनाले आत्महत्या गर्ने गरेको पाईएको छ ।

त्यस्तै चालु आर्थिक बर्षको २ महिलामा झुण्डिएर ५ जनाले आत्महत्या गरेका छन् । त्यस्तै विष सेवन गरेर १ जना र हामफालेर २ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमध्ये महिलाको तुलानामा पुरुषको संख्या बढि रहेको छ । आत्महत्या गर्नेहरु मध्ये झुण्डिनेको संख्या बढि रहेको छे प्रहरीको भनाई छ ।

आत्महत्या गर्नेहरुको उमेर समुह नखुलाइएको भएपनि अधिकाँश १५ देखी मुश्किलले ६५ बर्षसम्मको रहेको प्रहरीको तथ्याङकमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेका जीवनबाट निराश हुने विभिन्न कारणमध्ये मानसिक तनाव र समस्यासँग सामाना गर्न नसक्नेहरु आत्महत्या जस्तो जघन्य अपराधको बाटो रोज्ने गरेको बताउनुभयो ।

पारिवारिक र व्यक्तिगत सम्बन्धमा दरार आउनु, अत्यन्त मन मिल्नेसँग अकस्मात मनमुटाव, सामाजिक र पारिवारिक दबाब, बैदेशिक रोजगार,लेनदेन लगायतका कारणले आत्महत्या गर्नेहरुको संख्या बढेको प्रहरी निरिक्षक लामिछानेको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्