रनवे परेडमा सेलिब्रेटी क्याटवक



 

ब्लड क्यान्सरबाट पीडित ३ वर्षीय बालकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले शनिबार साँझ दरबारमार्गस्थित क्लब डेजाभुमा रनवे परेड–२०७४ शीर्षकको फेसन शो आयोजना गरिएको छ।

अभिनेता यशराज गराचद्वारा कोरियोग्राफी गरिएको उक्त फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डीना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनमा मोडलहरुले र्याम्प नापेका थिए।

१६ महिला तथा ११ पुरुष मोडलले मोडलिङ गरेको शोमा लोकप्रिय कलाकारहरुले सोस्टपरका रूपमा क्याटवाक गरे। फेसन शोमा वर्षा राउत, अशिस्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिस्ता बस्नेत, सलोन बस्नेत, निराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल–२०१७ अक्षय रायमाझीले सोस्टपरको रूपमा क्याटवाक गरेका थिए।

टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स्द्वारा आयोजित उक्त फेसन शोको सञ्चालन सुशील नेपालले गरेका थिए। फेसन शोको क्रममा गायक कमल खत्रीले लाइभ कन्सर्ट दिए भने नृत्यांगनाहरुले विभिन्न नेपाली तथा हिन्दी गीतमा आकर्षक नृत्य प्रदर्शन गरे।

प्रतिक्रिया दिनुहोस्