१० हजार आँखाको नानी प्रत्यारोपण



पबित्र आचार्य
नेपालमा आँखा प्रत्यारोपण प्रकृया बिस्तारै सहज बन्दै गएको छ । पछिल्लो तथ्याङक अनुसार १० हजार जना नागरीकलाई आँखाको नानी प्रत्यारोपण गरीएको तिलगंगा आँखा प्रतिष्ठानले जानकारी दिएको छ । आँखाको नानी प्रत्यारोपण गरेर पुनः दृष्टि पाइने भएकाले आँखा प्रत्यारोपण गर्ने प्रचलन बढेको हो ।

आँखा दान कार्यलाई प्रभाबकारी बनाउन प्रतिष्ठानले सामुहीक श्रद्वान्जलि सभा, जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । आँखा दान गर्ने र लिनेको परीवारलाई संगै राखेर कतिपय स्थानमा श्रद्धान्जली सभा समेत गरीएको बताइएको छ । यसरी कार्यक्रम गर्दा आँखाका नानी दान गर्नेको संख्या वढ्ने गरेको देखिएको छ । बर्षको करीब आठ सय आँखाको नानी नेपाल आँखा बैंकमा जम्मा हुने गरेको छ ।

अस्पतालका प्रशासक भागीरथ बानीयाले भन्नुभयो,–‘समाज परिबर्तन संगै आँखा दान गर्नेहरुको संख्या दिन प्रतिदीन बढ्दै गएको छ । यसलाई अझ बढाउन हामीले जनचेतनामुलक, प्रचार–प्रसार लगायतका कार्यक्रमलाई व्यापक बनाएका छौं । बिभीन्न धार्मिक र सामाजिक मूल्य मान्यताले आँखा दान गर्नु हुदैंन भन्ने संकुचित सोंच थियो । अहिले त्यो सोंच फराकीलो हुदैं गएको छ ।’

अहिले नेपाल आँखाको लागी विस्तारै आत्मनिर्भर बन्दै गएको छ । १६ बर्ष देखि २५ बर्ष सम्मका महिलाहरुलाई आँखा प्रत्यारोपणका लागी प्राथमिकता दिईने गरीएको तिलगंगा आखाँ प्रतिष्ठानले जनाएको छ ।

बिगतमा इन्टरनेशनल फीडरेसन अफ आई बैङक मार्फत आँखाका नानीहरु बिदेशबाट नेपाल ल्याईने गरीन्थ्यो भने अहिले नेपाल भित्रै आँखाका नानीहरु संकलन गरी आँखाका नानीहरु प्रत्यारोपण गरीन्छ । आँखा प्रत्यारोपण गरीएका मध्य ९० प्रतिशतको सफल भएको बताइएको छ । आँखाको नानी परीवर्तन गरी अर्को व्यक्तीको आँखा प्रत्यारोपण गरीन्छ ।

दैनिक सरदर पाँच जनालाई आँखाको नानी प्रत्यारोपण गरीदैं आएको प्रतिष्ठानमा कार्यरत प्राविधीक अइजन राजभण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,– मृत्त शरीरबाट गर्मि मौसममा ८ घण्टा र जाडो मौसममा १२ घण्टा सम्म सुरक्षित रुपमा आँखा झिक्न सकिन्छ । झिकीसकेको आँखा निश्चित तापक्रम २ देखि ८ डिग्री सेल्सियस सम्ममा बढिमा १४ दिन सम्म राख्न सकिने व्यवस्था मिलाइएको छ । ’

नेपालका बिभिन्न स्थानमा रहेका आँखा अस्पतालहरु मध्य सबै भन्दा बढि बिराटनगर आँखा अस्पतालमा आँखाको नानी पठाईने गरीन्छ । यस्तै गेटा अस्पताल धनगढीमा सबै भन्दा थोरै आँखाको नानी पठाईन्छ । आँखाको नानी सबै मृत व्यक्तिको हुने गर्दछन् ।

कसरी गर्न सकिन्छ आँखाको नानी प्रत्यारोपण

सर्बप्रथमः मृत व्यक्तिको आँखाहरु संकलन गरीन्छ । तत्पश्चात संकलित आँखाका नानीहरु चोटपटक लागेर गुमाइएका आँखाको दृष्टिमा पुनः ज्योती भर्न आँखा नानी राख्ने गरीन्छ । त्यसका लागी मेची आँखा अस्पताल, बिर्तामोड, दृष्टि आँखा अस्पताल, बिराटनगर आँखा अस्पताल, लुम्वीनी आँखा अस्पताल, टिचीङ आखाँ अस्पताल, पोखरा हिमालय आँखा अस्पताल, गेटा आँखा अस्पतालबाट आँखाको प्रत्यारोपण गर्न सकिने आँखा व्लड बैङकका व्यवस्थापक शंखनारायण त्वाय्नाले बताउनुभयो ।

उहाँले भन्नुभयो,–‘नेपालका मात्रै नागरीक नभएर छिमेकि राष्ट्र भारत, तिब्बत, दक्षिण अमेरीका, भुटान लगायतका देशका नागरीकले समेत आँखा प्रत्यारोपण गर्ने गरेका छन् । पहिले आँखा ल्याउन बाहीरी देशमा निर्भर रहनुपथ्र्यो । तर, अहिले नेपाल आफैंले आँखा प्रत्यारोपणका लागी नेपाल आत्मनिर्भर छ । आज भन्दा १० वर्ष अघि बिदेशबाट आँखाका नानीहरु लिनुपर्ने अबस्था थियो । ’

आँखाको नानी प्रत्यारोपण के हो ?

आँखाको नानी मात्रै प्रत्यारोपण अथवा आखाँको नानी मात्रै फेर्ने हो । जसलाई आँखाको प्रत्यारोपण भनिन्छ ।

आँखाको नानी प्रत्यारोपणमा प्राथमिकता

मुख्यतह १६ देखि २५ बर्ष सम्मका किशोरीहरुलाई आँखा प्रत्यारोपणका लागी प्रथामिकता दिइएको छ । यसैगरी बालबालीकालाई र बृद्धबृद्धालाई आखाँ प्रत्यारोपणमा प्राथमिकता दिइएको छ । टाढाबाट आउनेहरुका लागी समेत आँखा प्रत्यारोपणमा प्राथमिकता दिइएको छ ।

खर्च कति
आँखा प्रत्यारोपणका लागी अस्पतालमा पुग्नेहरुलाई पाँच हजार रुपैंया लाग्छ । यद्यपि गरीब र बिपन्न बर्गका व्यक्तिलाई प्रत्यारोपणका लागी उक्त रकम नलाग्ने बताइएको छ । सो रकम आँखा प्रत्यारोपणका लागी नभई आँखाका लागी आबश्यक पर्ने औजार र औषधि किन्नमा खर्च गरिनुपर्ने हुन्छ ।

कहाँ–कहाँबाट संकलन गरीन्छ आँखाका नानी
मुख्यतः पशुपतिको आर्यघाट, टिचीङ अस्पताल, बिर अस्पताल र पाटन अपतालबाट संकलन गरीन्छ । त्यसका लागी प्रतिष्ठानले समुह परीचालन गरेको छ । आँखा बैंकले पशुपति स्थित आर्यघाटवाट आँखाका नानी संकलन सुरु गरीएको हो ।

ककसले गर्न सक्छन् ?आँखाको नानी दान
आँखा दान कुनैपनि व्यक्ति जसको आँखा स्वस्थ छ । यसमा उमेर तथा आँखाको पावर कम र चस्मा लगाएको आदीले कुनै बाधा गर्दैन । किनभने आँखा फेर्ने अथवा आँखाको प्रत्यारोपण भनेको आँखाको डल्लोनै फेर्ने नभई आँखाको नानीको मात्रै प्रत्यारोपण हो । कुनै पनि किसीमको रगतको माध्यमबाट सर्ने रोग नभएर जो सुकैले आँखाको नानी दान गर्न सक्छ । तर एचआईभि, भीरङगी जस्ता रगतको माध्यमबाट सर्ने रोग लागेका मानिसको आँखाको नानी दान गरेर प्रत्यारोपण गर्न मिल्दैन ।

नेपालमा आँखा दान गर्न चाहनेहरुको संख्या हालसम्म ६० हजार ६ सय ३६ रहेको छ । जसमध्य पुरुषको संख्या बढि रहेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । नेपालमा पहिलो पटक आँखा दान गर्ने व्यक्तिका रुपमा चिनीमाया दुलाल हुनुहुन्छ । उहाँले सन् १९९४ मा आँखा दान गर्नुभएको हो ।

राज भन्डारीले भन्नुभयो,–‘म आफ्नो ब्यक्तिगत जिबनमा रमाउन नपाएपनि म खुसी छु, मेरो कर्मबाट कसैले संसार देख्न पाएको छ , रातीमा मेरो आँखा खुलै राखेर दिउँसोको समयमा अरुका आखाले संसार देख्छ भने त्यो मेरो लागी गौरबको विषय हो । मेरो कर्मले ल्याएको खुसी देख्दा अझ प्रेरणा मिल्छ । पहिले जस्तो आँखाप्रत्यारोपण को लागीलामो समय कुर्नु पर्दैन । ’

आँखा संकलनको केन्द्रका रुपमा आँखा बंैक तिलगंगा रहेको छ । मृत मानिसको शरीरबाट आँखाको नानी प्राप्त भई आँखाको नानी प्रत्यारोपणबाट दृष्टिबीहीनहरुलाई दृष्टि प्रदान गर्नु आँखा बैङकले लक्ष्य राखेको छ । प्रतिष्ठानका बरिष्ठ जनसम्पर्क अधिकृत सोनु केसीले आँखाको ज्योती पाएकाहरुले खुसी व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘आँखाको नानी दान गर्न चाहनेले आफ्नो नाम प्रतिष्ठानमा दर्ता गराउन सकिन्छ ।

मृत पश्चात आँखाको नानी जलेर खरानी हुनुभन्दा कसैलाई दान गरेर संसार देख्ने गराउन सकिन्छ भने किन दान नगर्ने ।’

अस्पतालका प्रशासक भागीरथ बानीयाँले भन्नुभयो,–‘मृत्यू पछि आँखा दान गर्दैमा केहि हुदैँन जले संगै खरानी हुने हो भन्ने भन्दापनि यो जन्ममा आँखाझीकीयो भने अर्को जन्मआँखा नै नएको जन्मनु पर्छ भन्ने अन्धविश्वास नागरीकवाट अझै पुर्ण रुपमा हटी सकेको भने छैन । तर, पहिले भन्दा धेरै चेतनशील बनेको छ समाज त्यसैले पनि हामी आज बिदेशीमै निर्भर हुन परेको छैन ।’

आँखाको नानी प्रत्यारोपण गर्न पछि कुनै कारणबश आँखा घोच्चीएर अथवा मिचेर दृष्टि गुमेमा मात्रै आँखाको नानी प्रत्यारोपण गरी पुर्नदृष्टि पाउन सकिने प्रतिष्ठानले बताएको छ । जन्मजात दृष्टिबीहीन भएकाहरुले आँखाको नानी प्रत्यारोपण गरेर पुनह दृष्टि ल्याउन सम्भव नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्