गौतम ताम्राकार घटना प्रकरण, पीडित पक्षद्वारा गृहराज्य मन्त्रीलाई ज्ञापनपत्र



 

नेपाल समाचारपत्र
काठमाडौं
राजधानीको असन कमलाक्षीका गौतम ताम्राकारको रत्नपार्कनजिकै मिनीबसले ठक्कर दिएर मृत्यु भएको विरोध स्वरूप स्थानीय र वाइकर्स एसोसिएसनले सोमबार गृह राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। चालकलाई आजीवन कारावास र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयले गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्।

गौतम ताम्राकारले चलाएको बा५६प ६८३७ नम्बरको स्कुटीलाई रत्नपार्क विद्युत् प्राधिकरणनजिकै बा२ख ७८०६ नम्बरको मिनीबसले ठक्कर दिई गत भदौ ७ गते ताम्राकारको निधन भएको थियो।

ज्ञापनपत्रमा दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख छ। ज्ञापनपत्र बुझ्दै गृह राज्यमन्त्री श्रेष्ठले यस विषयमा तत्काल मातहतका कर्मचारीलाई निर्देशन दिने र दोषी ठहरिए कारबाही हुने पीडित पक्षलाई आश्वासन दिनुभयो। मृतककी पत्नी अनिता ताम्राकार र बाइकर्स एसोसिएसनका अध्यक्ष अमिरअहमद खानले संयुक्तरूपमा गृह राज्यमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्