भदौ २९ गतेदेखि ५ दिन सार्वजनिक विदा !



नेपाल समाचारपत्र, काठमाडौं । सरकारले आउँदो असोज २ गते २ नम्बर स्थानीय तहको तेस्रो चरणको चुनाव हुने २ नम्बर प्रदेशमा भदौ २९ गतेदेखि पाँच दिन विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २ नम्बर प्रदेशमा भदौ २९ गतेदेखि असोज २ गतेसम्म पाँच दिन विदा दिने निर्णय गरेको हो । यस्तै बैठकले राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्