यौन सम्पर्क गर्न नपाएर राम रहिमको स्वास्थ्य बिग्रियो, ननिदाएर तनाव



यौन सम्पर्क गर्न नपाएर राम रहिमको स्वास्थ्य बिग्रिएको डाक्टरहरुले बताएका छन । बलात्कार मुद्दामा २० वर्षको जेल सजायँ खेपिरहेका राम रहिमबारे डाक्टरले नयाँ खुलासा गरेका हुन । रोहतक जेलमा राम रहिमको स्वास्थ्य जाँचको क्रममा डाक्टरको समूहले उनी सेक्स एडिक्ट भएको जसका कारण उनको स्थिती खराब भइरहेको बताएका छन । डाक्टरका अनुसार उनी लगातार अशान्त रहन्छन् र उनलाई निन्द्रा लाग्दैन जसका कारण उनलाई उपचारको आवश्यकता छ ।

राम रहिमलाई उपचार गर्ने एक डाक्टरले भने, ‘उनी सेक्सका आदी हुन् । डेरा आश्रमबाट जेल गएपछि उनले शारिरिक सुख पाएका छैनन् । यसै कारण उनी अस्थिर हुन्छन् । उनको तनावको स्तर लगातार बढिरहेको छ । यदि समयमा उपचार नगरिए यसले ठूलो समस्या निम्तिन सक्छ । उनलाई तुरुन्त उपचारको आवश्यकता छ ।’

डेराका एक पूर्व कर्मचारीले राम रहिमले सेक्स टोनिक खाने गरेको दाबी गरे । यसका लागि अष्ट्रेलिया र अन्य मुलुकबाट शक्तिवद्र्धक पेय पदार्थ मगाइन्थ्यो । यतिमात्र होइन, कसैले त राम रहिम लागुपदार्थको सेवन गर्नेसमेत दाबी गरे ।

स्मरण रहोस्, राम रहिम र हनिप्रितबिचको अवैध सम्बन्धबारे पनि विभिन्न दाबी सार्वजनिक भएका छन् । राम रहिम र हनिप्रितलाई सधैं सँगै देखिन्थे । यहाँसम्म कि जेल गएपछि पनि उनले जेल प्रशासनसँग हनिप्रितलाई मसाजका लागि आफूसँगै बस्न दिन अनुमती मागेका थिए तर उनको माग अस्विकार गरियो ।

प्रतिक्रिया दिनुहोस्