बजार भाउ सन्तुलनमा देउवाको पहल



 

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट अलग भएको राप्रपा प्रजातान्त्रिकका केही सांसदलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेछन्। उनले सो पार्टीबाट उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेको जानकारी आइतबार राष्ट्रपति कार्यालयमा दिएका छन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ आज सोमबार हुने कुरा धरहराले थाहा पाएको छ।

मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकारमा सामेल मन्त्रीहरूको संख्या ५४ सदस्यीय हुनेछ। यो अहिलेसम्मकै ‘जम्बो’ मन्त्रिपरिषद् भयो भन्दै सहर बजारमा आइतबार अपरान्ह देउवाको आलोचना पनि सुनियो। देउवाले २०५२मा ५२ सदस्यीय मन्त्री मण्डल बनाएका थिए, अहिले ५४ सदस्यीय। पाठकवृन्दलाई पनि अनौठो लाग्ला। तर समय विचार गरौं त पूरै २४ वर्षको अन्तर। त्यही भएर धरहरालाई चाहिँ अनौठो लागेन है पाठकवृन्द।

बजार भाउ बढेको भन्दै हरेक वर्ष कर्मचारीको तलबभत्ता चाहिँ बढाउन हुने, अनि २४ वर्षको अन्तरमा देउवाले जाबो ५४ सदस्यीय मन्त्री मण्डल बनाउँदा के नै अनोठो भो र ? चर्किएको राजनीतिक बजार भाउ पनि त सन्तुलन गर्नै पर्यो, हैन त देउवाज्यू !

प्रतिक्रिया दिनुहोस्