४५ किलो चरेशसहित २ जना पक्राउ



 

ललित सिंह, बझाङ
बझाङ सुर्माबाट धनगढीतर्फ चरेस बोकी हिँडिरहेका सुर्मा गाउँपालिका घर भएका गिठे बोहरा र दीपक बोहरालाई प्रहरीले भाँडेबजार नजिकै आइतबार बिहान ९ बजे पकाउ गरेको छ। दुवै जनाबाट प्रहरीले २५⁄२५ किलो चरेश बरामद गर्नुका साथै ४७ हजार नगद पनि समातेको छ।

सुर्माबाट पैदल बाटो हिँडेका उनीहरूलाई सुराकीको आधारमा
क्षेत्रीय अनुसन्धान र जिल्ला प्रहरीको टोलीले दुर्गाथली गाउँपालिकाको मोरीबगरको खोलानिर पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ऋषिराज कट्टेलले जानकारी दिए। उनका अनुसार काका भतिज नाता पर्ने दुवै जना ३०⁄३५ वर्ष उमेरका छन्।

पिठ्युँमा झोला बोकेका बटुवाजस्तै सडकको बाटो भई हिँडिरहेका उनीहरूलाई प्रहरीको टोलीले सहज रूपमा पक्राउ गरेको थियो। चरेशसहित गिठे र दीपकलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ। दुवै जनालाई लागूऔषध ऐन सम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको डीएसपी कट्टेलले भने।

बझाडको सुर्मा काँडा दहबगर लेखगाउँ क्षेत्रमा खुलेयाम चरश खेती हुने हँुदा यहाँका मानिसहरू चरेश उत्पादन गरी वर्षेनी यसरी लुकीछिपी बिक्री गर्न खोज्दा प्रहरीको फन्दामा पर्ने गरेका छन्। पक्राउ परेका दीपक र गिठे बोहरासहित बरामद गरेको चरेश आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको डीएसपी कट्टेलले बताए।

प्रतिक्रिया दिनुहोस्