एम्समा स्वागत र बिदाइ



लगनखेलस्थित एम्स एकेडेमीले कक्षा १२ पूरा गरेका विद्यार्थीलाई बिदाइ र कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ। प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा एम्सले गरेको योगदानको चर्चा गर्नुभएको थियो। उहाँले ठूला भवन भएको विद्यालय छनोट गर्नुभन्दा पनि उत्कृष्ट शिक्षा दिने विद्यालय छनोट गर्न विद्यार्थीलाई आग्रह गर्दै उत्कृष्ट शिक्षा दिनेमा एम्सको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो। कार्यक्रममा बोल्दै एम्सका प्राचार्य टीआर ढकालले कक्षा १२ सकेर नयाँ गन्तव्यमा लागेका विद्यार्थीलाई आफ्नो योजना मुताविक अघि बढ्न सल्लाह दिनुभयो।

उहाँले ११ का विद्यार्थीलाई स्वागत गर्दै विलासी भवन र विद्यार्थीको भीड भएको विद्यालयभन्दा पनि उत्कृष्ट अध्यापन गराउने विद्यालय रोज्न उचित रहेको बताउनुभयो। उहाँले विद्यालयको इतिहासमा एम्सले उल्लेख्य प्रगति हासिल गर्दै गएको चर्चा गर्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई एम्सले छात्रवृत्ति दिएर हौसला बढाउने धारणा राख्नुभयो। एम्सका निर्देशक ईश्वरी गुरागार्इंले विद्यार्थीले आफू बिदाइ भएको भन्दा पनि एम्सको सम्झना रहिरहने काम गरेको बताउनुभयो। उहाँले बिदाइ हुने विद्यार्थीलाई थप क्षमता विकासका लागि बधाई र विद्यालयमा पाइला टेकेका ११ का विद्यार्थीलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमका संयोजक एवं कक्षा १२ का विद्यार्थी विनिता उपाध्यायले आफू अध्ययन गरेको शिक्षालयलाई सधैं सम्झिरहन आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्