नाडाल यूएस ओपनको फाइनलमा



 

न्युयोर्क, (एजेन्सी)
शीर्ष वरीयताका राफाल नाडालले अर्जेन्टिनाका हुआन मार्टिन डेल पोट्रोलाई हराएर न्युयोर्कमा जारी यूएस ओपनको फाइनलमा स्थान बनाएका छन्।

स्पेनी खेलाडीले रोजर फेडेररलाई हराएका डेल पोट्रोलाई ४–६, ६–०, ६–३, ६–२ ले हराएका हुन्। ३१ वर्षीय नाडालले तेस्रो यूएस ओपन तथा १६औं ग्रान्डस्लाम उपाधिका लागि आइतबार केभिन एन्डरसनसँग खेल्नेछन्। नाडालकै उमेरका दक्षिण अफ्रिकाका खेलाडी एन्डरसनले यसअधि आर्थर एस स्टेडियममा पाब्लो कारेनो बस्टालाई हराएका थिए। उनले ४–६, ७–५, ६–३, ६–४ ले खेल जितेपछि अल स्पेनी फाइनल हुनबाट वञ्चित गरे।

विश्व वरीयतामा ३२औं स्थानमा रहेका एन्डरसन फ्लसिङ मिडोजमा १९७३ देखि रेन्किङ परिचित गरेदेखि पुरुष सिंगल्स फाइनलमा पुग्ने तल्लो वरीयता खेलाडी हुन्। नाडालसँग उनले चारै भेटमा खेल गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्