फुड बेभरेज एन्ड हस्पिटालिटी मेला शुरू



 

काठमाडौं, (नेस)
रुस्लान भोड्का फुड, बेभरेज एन्ड हस्पिटालिटी प्रदर्शनी मेला शनिबारदेखि शूरु भएको छ। सोमबारसम्म भृकुटिमण्डपमा चल्ने पाँचौ फुड, बेभरेज एन्ड हस्पिटालिटि मेलामा विभिन्न होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, होस्टल तथा भोजनालय आदिको सहभागिता रहेको छ।

मेलामा सेफ, बारटेन्डर होटेल तथा रेस्टुरेन्ट म्यानेजर तथा प्राकुरमेन्ट अफिसरलगायत यस क्षेत्रमा काम गरिरहेका व्यवसायीको पनि सहभागिता रहने छ। प्रदर्शनीमा सुपरमार्केट र किराना पसल व्यवसायी समेत सहभागी रहेका छन्।
आयोजकका अनुसार प्रदर्शनीमा २ सयभन्दा बढी स्टल रहेका छन्। प्रदर्शनिमा अवलोकनकर्ताले ५ हजारभन्दा धेरै उत्पादन तथा सेवाको जानकारी लिन पाउनेछन्।

यस बाहेक मेलामा बेकरी, स्न्याक्स र तयारी खाजा उत्पादक समेत आउने आयोजकको अनुमान छ। मेलामा फूड फेष्टिबल, बारिष्टा च्याम्पियनसिप, मास्टर सेफ च्यालेन्ज, बेस्ट बेकर कन्टेस्ट, वाइन टेस्टिङ वर्कसपलगायत कार्यक्रम पनि हुने बताईएको छ।

मेला हाउस अफ राजकर्निकारको आयोजनामा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्