पूर्वाञ्चलका सुन्दरी रक्तदाता खोज्दै सडकमा



 

शनिबार बिहानैदेखि धरानको भानुचौकस्थित घन्टाघर गेटबाहिर हरियो टिसर्ट लगाएका युवतीहरु बाटोमा हिंडिरहेका मानिसलाई भेटी रक्तदान गर्नका लागि अनुरोध गर्दै थिए।

धरानमा आयोजना भइरहेको मिस पूर्वाञ्चल २०१७ का सहभागी युवतीहरु शनिबारको रक्तदान कार्यक्रममा सहभागी हुँदै रक्तदान गर्न अनुरोध गर्दै थिए। आठ वर्षदेखि आयोजना हुँदै आइरहेको मिस पूर्वाञ्चलले शुरुआतदेखि नै रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। रक्तदान जीवनदान भन्ने मन्त्रलाई जनचेतना जगाउने अभिप्रायले मिस पूर्वाञ्चलको कार्यक्रममा समावेश गर्दै आएको आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए। कार्यकर्ममा एनआईसी एसिया बैंकका कर्मचारीले पनि रक्तदान गरेका थिए।

रक्तदाता खोज्नमा सक्रिय देखिने मिस पूवाञ्चल कि एक प्रतियोगी एजिना सिटौला यस्तो सामाजिक कार्यमा खटिन पाउँदा औधी खुसी लागेको बताइन्। २ घन्टा चलेको रक्तदान मा १६ पिन्ट रगत संकलन गरिएको थियो भने सोही समय अकस्मात बीपीके आईएचएसमा चाहिएको बी पोजिटिभ रगतका रक्तदाता तथा सिजी ग्रुपका सेल्स मेनेजर खेम कुइंकेलबाट २ पिन्ट रगत संकलन गरी पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्