फनपार्कमा मिलेमतो राज्य बेखबर



 

सुरेश तामाङ, काठमाडौं

माज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाडौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको वर्षौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन्।
फन पार्कलाई कौडीको मोलमा जग्गा तथा घरटहरा भाडामा दिएको १४ वर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारीहरू तैं चुप मै चुप गरी बसिरहेका छन्।

राज्य मन्त्रीसमेत भइसकेका कांग्रेसका सांसद टेकबहादुर गुरुङका परिवारका सदस्यहरू पाल्देन गुरुङ र रवीन्द्र गुरुङलाई पालैपालो १४ वर्षदेखि परिषद्का बोर्ड र कार्य समितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगई सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्लाई करोडौं रुपियाँ नोक्सान हुँदा सबै मौन बसेका छन्।

फन पार्कले भृकुटीमण्डपको ६४ रोपनी जग्गा २०५७ मा मासिक ४ लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार वर्षका लागि सम्झौता गरेको थियो। त्यसपछि फन पार्कले २०६१ मा ५ वर्षका लागि मासिक २ लाख २ हजार ४ सय रुपियाँमा र २०६९ मा १५ वर्षसम्मका लागि मासिक ५ लाख ५५ हजार रुपियाँमा सम्झौता गरेको थियो।

२०५७ पछि ५ वर्षका लागि जग्गा भाडामा दिँदा २ लाख ७२ हजार ६ सय रुपियाँ कम दाममा जग्गा भाडामा दिइयो। भने तेस्रो पटक सम्झौता गर्दा १५ वर्षका लागि ३ लाख ५२ हजार ६ सय रुपियाँ बढाएर ५ लाख ५५ हजार रुपियाँ गरिएको थियो।

जबकि भृकुटीमण्डप सञ्चालन कार्यालयलाई ३ रोपनीमा फैलिएको तरकारी बजारले मासिक ९ लाख ९० हजार रुपियाँ बुझाउँछ भने ३० रोपनी क्षेत्रफलमा फैलिएको निम्न व्यापार संघद्वारा सञ्चालित खुला बजारलेसमेत मासिक ७ लाख रुपियाँ भाडा बुझाउने गरेको छ।

कौडीको भाउमा सो जग्गा वर्षौंदेखि भाडामा दिइरहँदासमेत परिषद्का बोर्ड र कार्य समितिले कुनै चासो नदेखाएको भन्दै परिषद्कै उच्च कर्मचारीहरूले तीव्र आलोचना गरेका छन्।

फनपार्कसँगको सम्झौतामा समयानुकूल भाडा दर कायम नभएको भन्दै यस विषयमा के गर्ने भनेर बोर्ड बैठकमा व्यापक छलफल भएको परिषद् बोर्डका उपाध्यक्ष नीलमणि बरालले नेपाल समाचारपत्रलाई बताउनुभयो।

फन पार्कलाई जग्गा भाडामा दिएर परिषद्लाई वर्षाैंदेखि नोक्सान पुगेको कारण बोर्डले सम्झौता रद्द गर्न भन्दा पनि समायानुकूल भाडादर कायम गरेर यसैलाई कायम गर्ने परिषद् बोर्डका उपाध्यक्ष बरालले बताउनुभयो।
‘त्यो बेला प्रक्रिया पुर्याएर निर्णय गर्नुपथ्र्यो। अब बिनाकारण त्यो सम्झौता उल्टाउने अधिकार हामीसँग छैन।’

परिषद्का बोर्ड उपाध्यक्ष बरालले भन्नुभयो– ‘अहिलेको भाडादर समयानुकूल भएन भन्ने कुरा हो। हामी यसमा छलफल गर्दै छौं।’

सस्तोमा भाडा दरमा फन पार्कलाई जग्गा दिइएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो। उजुरी परेपछि केन्द्रले छानबिन गर्न नियमअनुसार आवश्यक प्रक्रिया पुर्याएर बोलपत्र आह्वान गरी भाडामा लिनेदिन निर्देशन दिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बताउनुभयो।

उहाँका अनुसार, परिषद्ले जग्गाको भाडा असमान तरिकाले दिएको भेटिएको उल्लेख छ। फनपार्क, बालउद्यान क्षेत्रभित्र व्यापारिक प्रयोजनका लिइएका जग्गामा धेरै सस्तो देखिएकाले पुनः टेन्डर आह्वान गरी भाडामा लगाउन सुझाव दिएको थियो। तर, अहिलेसम्म पुनः बोलपत्र आह्वान हुन सकेको छैन।

ककपरिषद्को आम्दानीको मुख्य स्रोतका रूपमा रहेको भृकुटीमण्डपको जग्गा र घरटहरा रहेको तर व्यवस्थित नरहेकाले व्यवस्थित गरेर परिषद्को आम्दानी थप बढाउन विस्तृतरूपमा कार्ययोजना बनाएर अगाडि बढ्ने महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बताउनुभयो। फन पार्कलाई सस्तो दरमा भाडामा दिँदा परिषद्लाई उल्टै घाटा भएको स्वीकार्दै यस विषयमा पुनरावलोकन गर्नुपर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्