सिटी ह्यान्डीक्राफ्टलाई उपाधि



 

काठमाडौं, (नेस)
दोस्रो ताम्रकार फुटसल प्रतियोगिताको उपाधि सिटी ह्यान्डीक्राफ्टले शनिबार जितेको छ। सिटी ह्यान्डीक्राफ्टले धोबीघाटमा भएको फाइनल खेलमा द हेरिटेज नेपाललाई १–० गोलअन्तरले हराएको हो। यसअघि सेमिफाइनल खेलमा च्याम्पिपयनले ताम्र मेटल वक्र्सलाई ६–१ ले हराएको थियो।

प्रतियोगितामा आशिष ताम्रकार उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै सनिध्य चित्रकार उत्कृष्ट गोलकिपर, लिउसन राजकर्णिकार शीर्ष गोलकर्ता र श्रेयश ताम्रकार प्रेसिडेन्ट्स च्वाइसको उत्कृष्ट खेलाडी
बनेका थिए।

प्रतिक्रिया दिनुहोस्