वरदान नै हो त ?



 

ज्ञानु झा
आजको युगमा कस्तो वरदान यो ?
पैसा बोल्दै छ निसाफको पक्ष लिई
आजको प्यासमा कस्तो तृप्ति यो ?
हाँसेको देख्छु हजारौं रात रोएका आखाँ पनि।

आजको समयमा कस्तो प्यास यो ?
किन बदलिँदै छन् यी मानव मन फेरि ?
रंकदेखि लिएर राजाको बोलाइमा,
सामान्यदेखि लिएर असामान्य जनताको सोचाइमा,
किन मिसिएको छ धनको परिभाषा फेरि ?

आजको दशकमा कस्तो राज यो ?
स्वार्थ नै भयो अब सन्तुष्टि त गाँस यो।

धनमा नै राखियो रमाइलो साँस यो
एकतामै बिलायो अब अनेकताको बास यो।

आजको विश्वसनीय चरित्रको प्रश्न अझै गरौं कति ?
आफ्नै अतीत बिर्सिंदै गए, के लाग्छ कसको अनि ?

प्रतिक्रिया दिनुहोस्