शिल्पाको फोटो खिच्दा पिटिए फोटोग्राफर



 

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको पति राज कुन्द्राको फोटो खिच्ने क्रममा दुई फोटोग्राफर पिटिएका छन्। एक भारतीय अनलाइनले जनाएअनुसार भारतको मुम्बईस्थित बस्तियन होटलबाट शिल्पा र उनको पति खाना खाएर बाहिर आइरहेका बेला दुई फोटोग्राफरले उनीहरूको फोटो लिइरहेका थिए। शिल्पा पनि आरामले होटलको बाहिर उभिएर फोटोग्राफरलाई पोज दिइरहेकी थिइन्। त्यसै बेला होटलको दुई बाउन्सरले बाहिर निस्केर फोटोग्राफरलाई होटलबाट बाहिरिनका लागि भने। उनीहरूले बाउन्सरको कुरा बेवास्ता गर्दै शिल्पाको फोटो लिइरहे।

समाचारमा जनाइएअनुसार जब शिल्पा आफ्नो कारमा बसिन्, तब होटलको बाउन्सरले उनीहरूमाथि हमला शुरू गरेका थिए। यस घटनामा हमलामा पर्ने दुईमध्ये एक फोटोग्राफर गम्भीर घाइते भएको समाचारमा उल्लेख छ।

उनको कपडा पूरै च्यातिएको थियो भने मुखबाट रगत बगिरहेको थियो। फोटोग्राफरले गुनासो दर्ता गराएपछि मुम्बई पुलिसले दुई बाउन्सरलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्