भ्रष्टाचारको विरोधमा हस्ताक्षर अभियान



 

नेपाल समाचारपत्र
बागलुङ
भ्रष्टाचारको विरोध तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकको देशव्यापी कार्यक्रमअन्र्तगत जिल्ला प्रतिनिधिको कार्यालय, बागलुङले बागलुङमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भएको छ।

‘म सबैखाले भ्रष्टाचारको विरोध गर्दै सदाचारप्रति प्रतिबद्ध रहनेछु भन्ने मूल नाराको साथमा सञ्चालन भएको हस्तारक्षर कार्यक्रममा बागलुङ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

इन्सेकले आयोजना गरेको भ्रष्टाचारविरुद्ध हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउँदै बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले आफ्नो अधिकार र पदको दुरुपयोग हुन नदिई बागलुङ नगरपालिकामा हुने सबैखालका भ्रष्टाचारको नियन्त्रण गर्ने बताउनुभएको थियो।

उहाँले आर्थिक चलखेलमात्र भ्रष्टाचार नभएर जनप्रतिनिधिहरूले जनतासमक्ष गरेका प्रतिबद्धता समयमै पूरा नगर्नु पनि भ्रष्टाचार नै भएको भन्दैं नगरबासीका सबैखालका अधिकारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो।

सो अवसरमा नेपाल पत्रकार महासंघ, बागलुङका अध्यक्ष दिल शिरीषले भ्रष्टाचार न्यूनीकरणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने भन्दै भ्रष्टाचार र भ्रष्टाचारीलाई प्रोत्साहन पुग्ने खालका समाचार सम्प्रेषण गर्न नहुने बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्