२ हजार ८ सय विद्यार्थीलाई निःशुल्क सोलार



 

अनिल खत्री, गुल्मी
गुल्मीमा विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीका लागि निःशुल्क सोलार वितरण भएको छ। ‘शिक्षाका लागि उज्यालो कार्यक्रम’ अन्तर्गत गुल्मी क्षेत्र नम्बर ३ का ३४ विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सोलार टुकी वितरण गरिने भएको छ।

क्षेत्र नम्बर ३ का विभिन्न माध्यमिक विद्यालयमा पढ्ने २ हजार ८ सय ४३ जना विद्यार्थीका लागि निःशुल्क सोलार वितरण गरिएको हो। गाउँमा विद्युत् नपुगेका स्थानमा विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउनमा मद्दत पुग्ने उद्देश्य रहेको छ।

निःशुल्क सोलार पाउने विद्यालयमा बाझकटेरी माध्यमिक विद्यालय बाझकटेरीमा १ सय १० सेट, अग्लुङ माध्यमिक विद्यालय अग्लुङमा ६४ सेट, रघुफेदी माध्यमिक विद्यायल अग्लुङमा ४१ सेट, अर्जै माध्यमिक विद्यालयमा ९८ सेट सोलार विद्यार्थीले पाउनेछन्।

छापहिले माध्यमिक विद्यालय पापहिले ८२ सेट, जमल पोखरी माध्यमिक विद्यालय छापहिले ६७ सेट, ठाढुंगा माध्यमिक विद्यालय दर्लामचौर ६५ सेट, नेटा दर्लिङ माध्यमिक विद्यालय नेटादर्लिङ ६७ सेट सोलार विद्यार्थीले पाउनेछन्। देवीस्थान माध्यमिक विद्यालय घमिरका लागि १ सय २८ सेट, दीपक मावि भनभने ६१ सेट, धुर मावि धुर्कोट २२, इन्दिर मावि धुर्कोटका विद्यार्थीले ४८ सेट सोलार निःशुल्क पाउनेछन्।

रामराज्य माध्यमिक विद्यालय दोहोली १ सय ६० सेट, निन्युखर्क माध्यमिक विद्यायल हाडहाडे ९७ सेट, सोमरभोमर माध्यमिक विद्यालय हाडहाडे ४४ सेट सोलार विद्यार्थीका लागि वितरण हुनेछ। देवीस्थान माध्यमिक विद्यालय हस्तिचौर ७० सेट, हिमालय माध्यमिक विद्यालय हस्तिचौर १ सय ४ सेट, पालुखा माध्यमिक विद्यालय हस्तिचौर ८४ सेट, भ्याले माध्यमिक विद्यालय ह्वाङ्दी १ सय २० सेट, अम्मरपुर माध्यमिक विद्यालय इस्मा रजस्थल ७८ सेट, पाञ्चायन माध्यमिक विद्यालय जैसीथोक ९० सेट, पुरन माध्यमिक विद्यालय मलागिरी ५० सेट, मालिका माध्यमिक विद्यालय मरभुङ २ सय ११ सेट सोलार विद्यार्थीका लागि निःशुल्क पाउनेछन्।

म्यालपोखरी माध्यमिक विद्यालय म्यालपोखरी ५७ सेट, अम्मर माध्यमिक विद्यालय नेटा ५५ सेट, सरस्वती माध्यमिक विद्यालय नेटा ५० सेट, जनज्योति माध्यमिक विद्यालय पौदीअमराई ४६ सेट सोलार, नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालय पौदीअमराई १ सय ८ सेट सोलार विद्यार्थीले निःशुल्क पाउनेछन्। त्यस्तै गणेश माध्यमिक विद्यालय पीपलधारा ५८ सेट, ज्ञानुदय माध्यमिक विद्यालय पिपलधारा ४३ सेट, पृथ्वी माध्यमिक विद्यालय पुर्कोटदह १ सय ९७ सेट, रियाले माध्यमिक विद्यालय सिर्सेनी ७३ सेट, भगवती माध्यमिक विद्यालय वाग्ला ९० सेट वाग्ला माध्यमिक विद्यालय वाग्ला १ सय ५ सेट सोलार विद्यार्थीले निःशुल्क पाउनेछन्।
निःशुल्क सोलार पाउने विद्यालयमध्ये केही विद्यालयमा पढ्ने विद्यार्थीले प्राप्त गरेका छन्। केही विद्यालयमा वितरण गर्ने तयारी भइरहेको बताइएको छ। विद्यार्थीले निःशुल्क रूपमा पाएको सोलारबाट २ वटा बत्ती बाल्न मिल्ने खालको रहेको छ।

प्रतिक्रिया दिनुहोस्