नेपालभर २ रुपियाँ



 

लोकप्रियताको शिखरमा रहेको गीत कुटु कुटुमा सुपारी दाना रहेको फिल्म २ रुपियाँ आज शुक्रबारबाट अल नेपाल रिलिज हुने भएको छ। जी–२१ पिक्चर्स र ब्ल्याक हर्ष पिक्चर्सको प्रस्तुतिमा असिम शाहले निर्देशन गरेको फिल्ममा निश्चल बस्नेत, आशिफ शाह, बुद्धी तामाङ, रवीन्द्र झा, राजन इशान, मेनुका प्रधान, प्रतीकराज न्यौपाने, टीका पहाडी, बिरासद बस्नेतलगायत प्रमुख भूमिकामा छन्।

फिल्ममा लेखन आसिफ शाह, अशेष रेग्मी, सहलेखन अमिस शाह र विजय बस्नेत, छायांकन शिवराज श्रेष्ठ, सम्पादन लोकेश वज्राचार्य, गीत राजनराज शिवाकोटी र सुरज शाह ठकुरी, संगीत राजनराज शिवाकोटी र रोशन थापा, नृत्य कविराज गहतराज तथा द्वन्द्व राजकुमार उप्रेतीको रहेको छ। यो फिल्मले रिलिजअघि नै मल्टिप्लेक्स हलहरुमा अत्यधिक शो पाएको छ।

प्रतिक्रिया दिनुहोस्