लोभिएका हाकिम



 

सुन तस्करीको विषय अहिले जाज्वल्य भएर आएको छ। नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करी हुने गरेको विषय अब नयाँ र नौलो पनि भएन तर सुन समाते बापतको कमिसनका विषयमा भने प्रहरीका हाकिमबीच फेरि एकपटक बोलचाल नै बन्द हुने अवस्था सृजना हुन लागेको देखेर धरहरा तीन छक परेको छ। पहुँचवाला हाकिमले अहिले कमिसन खानका लागि गरेको तिकडमले भने सबैलाई छक्क बनाइदिएको धरहराबाट देखिएको छ।

हालै प्रहरीले समातेको ८३ किलो सुनको कमिसन मात्रै ४ करोड १५ लाख आउने रहेछ। यति ठूलो कमिसनमा प्रहरी महानिरीक्षको समेत दिव्यदृष्टि परेको देखेपछि यो घटनाले पनि ३५ किलो सुनको जस्तै काण्ड उत्पन्न गर्ने त होइन भन्ने आशंका धरहराले गरेको छ। हैन यो पैसा पनि कस्तो शत्रु होला? पैसाका लागि मान्छेले देखाउने गरेको व्यवहारलाई धरहराले पनि गम्भीररूपमा लिएको छ। तपाईंहरूले कसरी लिनुभएको छ पाठकवृन्द? यसको जवाफ पाऊँ है।

प्रतिक्रिया दिनुहोस्