सलमान नेगेटिभ रोलमा



 

बलिउड अभिनेता सलमान खान पहिलोपटक नकारात्मक भूमिकामा देखिने भएका छन्। रेस ३ फिल्मका निर्माता रमेश तौरानीले यसको पुष्टि गर्दै भारतीय सञ्चारमाध्यमसँग भनेका छन् ‘रेसको सिरिजमा सधैं नकारात्मक भूमिका छ र हामी त्यसैलाई अगाडि बढाउँदै छौं।’

निर्देशक तौरानीले पहिला उक्त भूमिकाका लागि ऋतिक रोशनलाई अफर गरिएको खबर गलत भएको पनि खुलाएका छन्। यसअघि रेस ३ लाई लिएर अर्का अभिनेता सैफ अली खानले भनेका थिए– ‘निर्देशक तौरानीले मलाई लिएर नयाँ शैली र नयाँ चरित्रमा रेस ३ निर्माण गर्न चाहेका थिए। तर यसका लागि सलमानभन्दा राम्रो को हुन सक्छ?’ निर्देशक तौरानीप्रति आफ्नो सदैव माया र आदर रहेको सैफले बताएका छन्। यस फिल्ममा अभिनेत्री भने ज्याकलिन फर्नान्डेज रहनेछिन्। यसअघि यो जोडीले पहिलो फिल्मका रूपमा किकमा सँगै काम गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्