तनुस र पलिष्ठा लिटिल स्टार



 

तनुस ढकाल र पलिष्ठा महर्जनले लिटिल स्टार २०१७ को उपाधि जितेका छन्।
मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा तनुस १० र पलिष्ठाले २८ प्रतियोगीलाई पछि पार्दै उपाधि विजेता बनेका हुन्। कार्यक्रममा पलिष्ठाले मस्ट ट्यालेन्ट र मस्ट पपुलर तथा तनुसले फोटोजेनिक उप–उपाधि जिते।

प्रतियोगितामा पारम्ब सिंखडा र प्रख्या शर्मा फस्ट तथा आरोही लामिछाने र दर्शना कोइराला सेकेन्ड रनर्सअप भए। कलाकार उमेश खड्का, फेसन डिजाइनर तथा मिस हेरिटेज नेपाल इन्टरनेसनल २०१६ मञ्जु बञ्जारा ढकाल, आनकी निर्देशक मुना श्रेष्ठ, नेपाल डान्स एकेडेमीकी प्रबन्ध निर्देशक रोयन महर्जन, गायक राजु महर्जन निर्णायक रहेको प्रतियोगितामा तनुस ढकालका साथमा प्राप्ति पोखेरेल फोटोजेनिक, प्रसिद्धी अधिकारी बेस्ट स्माइल, मनमे अग्रवाल र मान्यता भण्डारी चार्मिङ पर्सनालिटी, पारम्ब सिंखडा र दिपासना रेग्मी बेस्ट पर्पmमेन्स, स्वरुल सुनुवार बेस्ट ड्रेस, आरोही लामिछाने मस्ट क्युट, प्राची चित्रकार मस्ट ट्यालेन्ट, देव ज्ञवाली मस्ट डिसिप्लेन, श्रद्धा महर्जन फ्रेन्ड्ली, ओजोश्री चन्द इनोसेन्ट, अनुशा लुइँटेल बेस्ट हेयर र सायसा ढकाल बेस्ट वाक भए।

प्रतिक्रिया दिनुहोस्