भुटानका २३ जिल्लाका ४३ जना व्यापारीको टोली एक साताअघि नेपालमा आएका थिए। भुटान चेम्बर अफ कर्मस महासचिव फुब छिरिङको नेतृत्वमा आएका ती व्यापारीहरुले काभ्रेको नमोबुद्धसहित काठमाडौं उपत्यको स्वयम्भू, बौद्ध दर्शन गर्दै, ललितपुरको लुभुको टेक्सटायल करकारखाना, कृषि फर्म र औद्योगिक क्षेत्रको विशेष अवलोकन गरेको थियो। अवलोकनपछि विशेषतः ललितपुरको हस्तकलाजन्य उत्पादन र कृषि उत्पादन बजार भुटानमा निकै भएको विषयमा ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठसहित पदाधिकारीहरुसंग विभिन्न तहमा छलफल गरेका थिए। यसै सन्दर्भमा महासचिव छिरिङसंग नेपाल समाचारपत्रका लागि सुनील महर्जनले गर्नुभएको कुराकानीको सम्पादित विवरणयस पटकको नेपाल भ्रमण कस्तो भयो त ?

भुटान आयातित अर्थतन्त्र भएको मुलुक हो। ९५ प्रतिशत वस्तु विदेशबाट आयात हुन्छ। भुटानमा वस्तु मात्रै होइन सेवा पनि आयात हुन्छ। नेपालका केही निर्माण कम्पनीले यहाँ सडक र पुल निर्माण गरिरहेका छन्। नेपालका लागि यहाँ अपार अवसरहरु छन्। त्यो अवसरलाई नेपालले ‘क्यास’ गर्न सक्छ। भुटानबाट ४० करोड रुपियाँबराबरको सामान नेपाल निकासी हुन्छ। नेपालबाट ट्रान्सफरर्मर, बिजुलीको पोल, हस्तकला, गहनाका सामानलगायतका १२ करोड रुपियाँबराबरको आयात हुने गरेको छ। भुटानबाट जिप्सम, कोइला, आयुर्र्वेिदक औषधिलगायतका वस्तु आयात हुन्छ भने नेपालबाट ट्रान्सफर्मर, बिजुलीको पोल, हस्तकलाका सामग्री, गहना, तयारी पोसाकलगायतका वस्तु निकासी हुन्छ। सदा झैं यसपटकको नेपाल भ्रमण शैक्षिक भ्रमणका रूपमा लिएको छु। नेपाल र भुटानबीच बुद्ध धर्म, बौद्ध विहार, गुम्बा, मौसम, भाषाका कारण धेरै समानता रहेको छ। यसले गर्दा पर्यटक, कृषि, हस्तकलाजन्य कपडाको व्यापार, र त्यसको उत्पादन प्रविधि भुटानका व्यापारीहरुका लागि सिक्न योग्य रहेको छ। लु्भुमा घुमेर आएँ। घरैपिच्छे तान उद्योग हुने भएकाले लुभुलाई मिनि जापान भनेर भनिँदो रहेछ। लुभु भ्रमण उपलब्धीमूलक लाग्यो।

नेपालमा उत्पादित सामग्री भुटानमा कतिको माग रहेको छ ?
नेपालको हस्तकला सामग्री निर्यातका लागि भुटानमा राम्रो सम्भावना रहेको छ। अन्य नेपाली वस्तुको भारतीय वस्तुसंँग प्रतिस्पर्धा रहे पनि धातुकलाको वस्तुमा भने नेपाली एकछत्र रहेको छ। तर अहिले हस्तकलाको माग धेरै हदसम्म सम्बोधन भइसकेको छ। भगिनी सम्बन्ध स्थापना भएदेखि नेपालबाट हस्तकलालगायत विविध सामग्री आयात गर्दै आइरहको छ। अहिले आएर लत्ताकपडा, गलैंचा, दैनिक उपभोग्य सामग्रीहरू माग बढिरहेको छ। बुद्ध धर्मको प्रभाव, संस्कृति र धार्मिक परम्परा, मौसमको समानताका कारण दुई देशका आपसी जनताका लागि महत्त्वपूर्ण गन्तव्य रहेको छ। यसको लाभ उठाउन आवश्यक रहेको छ।

हरेक वर्ष हुने व्यापार मेलाले दुई देशको व्यापारमा कस्तो प्रभाव पारेको छ?
हरेक वर्ष भुटानमा भइरहेको व्यापार मेलाले नेपालबाट निकासी गर्न सकिने वस्तुको पहिचान गर्न सहयोग पुगेको छ। व्यापार मेलाले दुई देशको व्यापार अभिवृद्धि गर्ने माध्यम बनेको छ। यही मेलामार्फत् व्यापार बढाउन सकिन्छ। सार्क मुलुकबीच क्षेत्रीय व्यापार प्रवद्र्धनका लागि यस्ता मेला महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको छ। सन् २००९ बाट शुरु भएको मेलाबाट हामीले पनि धेरै कुरा सिक्न पाएका छौं।

ललितपुर उद्योग वाणिज्य संघ सम्झौता गरी सोहीअनुरूप हरेक वर्ष भुटानमा व्यापार मेला भइरहेको छ। यसलाई अझ दुई देशको हितमा उपयोग गर्न दुवै देशका व्यापारीहरुले के के गर्नुपर्ला ?

निजी क्षेत्र र सरकारको समवन्वयात्मक प्रयास, वस्तु तथा सेवाको उत्पादन, प्रशंोधन, गुणस्तरीय र प्रतिस्पर्धी क्षमताको विकास, व्यापार प्रवद्र्धन र सहजीकरणको कार्य गर्नुपर्दछ। नेपाल र भुटानबीच द्विपक्षीय व्यापार सन्धी पाइपलाइनमा छ। यो सन्धी भएमा दुई देशको व्यापार प्रबद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ। दुई देशबीच सहुलियतपूर्ण व्यापारको बाटो खुल्छ। धेरैअघि दुई देशबीच यो सन्धिका बारेमा छलफल र वार्ता अघि बढाउने सहमति भएको थियो। भुटानले बंगलादेशसँग द्विपक्षीय सम्झौता गरिसकेको छ। यो सम्झौतालाई दुई देशले छिटै अघि बढाउने अपेक्षा हामीले गरेका छौं। यो सम्झौतालाई अघि बढाउन भुटान र नेपालका व्यवसायीले पहल गरिरहनुपर्दछ। अर्कोतर्फ नयाँ नयाँ डिजाइनका मूर्तिहरु बनाउनुपर्दछ। कृषिजन्य उत्पादनको पनि राम्रो सम्भावना रहेको छ। यसलाई पनि मूर्त रूप दिन आवश्यक रहेको छ।

दुई देशबीच वाणिज्य सन्धिको चर्चा चलेपछि त्यस दिशामा किन काम नभएको होला ?

दुवै देशले सन्धिका लागि गृहकार्य गर्न भूमिका निर्वाह गर्नुपर्छ। द्विपक्षीय व्यापार सम्झौता भएपछि सहुलियतपूर्ण व्यापारको बाटो खुल्ने, बढी माग हुने वस्तुको प्राथमिकता निर्धारण, सहुलियतपूर्ण व्यापार कर छुट, गैरभन्सार अवरोध हट्ने छ। नेपाल र भारत दुवै देशका सरकारका प्रतिनिधिले वाणिज्य सन्धि गर्नुपर्ने खाँचो करिब दुई वर्षदेखि सार्वजनिक रूपमा औंल्याउँदै आएका छन्। सार्क सम्मेलन र सार्कस्तरीय अर्थमन्त्रीको सम्मेलनमा भाग लिने क्रममा आएका भुटानका अर्थमन्त्री, भुटानका सरकारी प्रतिनिधिले पनि वाणिज्य सन्धिलाई जोड दिँदै आएको छ। भुटान नेपालसँग वाणिज्य सम्झौता गर्न सदैव तयार रहेको छ।

व्यापारका लागि भुटान नेपालको उत्कृष्ट गन्तव्य भए तापनि दुई देशबीच व्यापार सम्झौता नहुँदा सोचे जति व्यापारमा प्रवद्र्धन गर्न सकेको छैन। चाँडै सरकार परिवर्तन हुने परिपाटीले गर्दा पनि सम्झौताको काम अगाडि बढ्न नसकेको हो। भुटानी सरकार वाणिज्य सम्झौताका लागि सधैं चाहिरहेको छ। नेपाल सरकारले पनि पहल गर्नुपर्ने खाँचो छ।

दुई देशबीच वाणिज्य सम्झौता नहुँदा व्यापारमा कस्तो असर परिहेको छ ?

व्यापार सन्धिको अभावले अपेक्षाकृत लक्ष्य हासिल हुन सकिरहेको छैन। तर, दुई देशबीच वाणिज्य सन्धि नहुँदा व्यापार प्रक्रिया सहज, त्यसको उचित प्रवद्र्धन हुनसकिरहेको छैन। सन्धि नहुँदा करको दरमा समस्या, निर्यात प्रवद्र्धन, बजार पहुँच, व्यापार प्रक्रिया सहजीकरण र व्यापार प्रवद्र्धनमा अप्ठ्यारो हुने गरेको छ। चाँडोभन्दा चाँडो व्यापार सन्धि हुन सकेमा नेपाली वस्तु अझ बढी आयात गर्न सकिन्छ। भुटान र नेपालबीच वाणिज्य सन्धि नहुँदा नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवद्र्धनमा समस्या देखिएको छ।

 


फुब छिरिङ

महासचिव, भुटान चेम्बर अफ कर्मश

नेपाल र भुटानबीच बुद्ध धर्म, बौद्ध विहार, गुम्बा, मौसम, भाषाका कारण धेरै समानता रहेको छ। यसले गर्दा पर्यटक, कृषि, हस्तकलाजन्य कपडाको व्यापार, र त्यसको उत्पादन प्रविधि भुटानका व्यापारीहरुका लागि सिक्न योग्य रहेको छ। लु्भुमा घुमेर आएँ। घरैपिच्छे तान उद्योग हुने भएकाले लुभुलाई मिनि जापान भनेर भनिँदो रहेछ। लुभु भ्रमण उपलब्धीमूलक लाग्यो।

LEAVE A REPLY