एमाले सचिव योगेशको जन्मदिनमा बिरामि बालकलाई आर्थिक सहयोग



रकम हस्तान्तरण गर्दै सचिव भट्टराई ।

रविन भट्टराई, ताप्लेजुङ
एमाले सचिव योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर गृह जिल्ला ताप्लेजुङका एक बिरामि बालकलाई आर्थिक सहयोग गर्नुभएको छ ।

फुङ्लिङ नगरपालीका ९ हाङ्देवाका मिलन शेर्पाको उपाचारका लागि नगद १५ हजार रुपैयाँ उपचार खर्च स्वरुप बुधबार प्रदान गर्नुभएको हो । मुटुका विरामि शेर्पा को दुई वटा भल्ब फेर्नुपर्ने अबस्था रहेको उनका परीवारले बताएका छन् ।

उपचार खर्चको अभाव भईरहेको बेला सचिव भट्टराईले आफ्नो ५१ औ जन्म दिनको अवसर पार्दै शेर्पालाई नगद सहयोग गर्नुभएको भट्टराईका सहयोगि प्रेम गुरागाईले बताउनुभयो । विरामि शेर्पाको थप उपचार र पालन पोषणमा पनि सचिव भट्टराईले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

सो रकम ताप्लेजुङ–काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष सन्तोस मादेनलाई आज विहान हस्तान्तरण गरएिको हो । मादेनले विरामि बालकको परीवारलाई हस्तान्तरण गर्ने बताईएको छ ।

प्रचार विभाग प्रमुख समेत रहनु भएका भट्टराईले जन्म दिनको अवसर पार्दै वर्षेनि विभिन्न सामाजिक काम गर्दै आउनुभएक छन् । भट्टराईको २०२३ साल भदौ २१ गते साविक साँघु गाविसमा जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्