बिद्यालयको चर्पि प्रयोग बिहिनः पाँचसय बिद्यार्थी खुल्ला चौरमै दिशापिसाब गर्छन



प्रयोग बिहिन भएका दुर्गा माबि सैनपसेला बझाङ्गका चर्पि जहाँ ६ सय बिद्यार्थीले चर्पि अभावमा खोला किनार चोरमा दिशापिसाब गर्ने गरेका छन । तस्बीर ललित सिहं

ललित सिंह, बझाङ्ग । बिद्यार्थीलाई प्रयोग गर्ने शिक्षा कार्यालयले दिएका लाखैका तिन वटा चर्पि यहाँको एक बिद्यालयमा प्रयोग बिहिन हुदा बिद्यार्थी झाडि र खोला किनारामा दिशापिसाब गर्न थालेका छन ।
शिक्षा कार्यालय द्रारा बिद्यालयमा छात्रछात्रालाई प्रयोग गर्ने दिएका तिन वटा चर्पिका ५ कोठा प्रयोग बिहिन भए पछि दुर्गा माध्यामिक बिद्यालय सैनपसेलाका छात्रछात्रा खोला किनारा र झाडिमा दिशापिसाब गर्ने थालेका हुन ।
बिद्यालयमा चार वटा चर्पि छन एक शिक्षकले प्रयोग गर्ने गरेका छन बिद्यार्थीलाई प्रबेश निसेध गरिएको छ तिन वटा चर्पिमा दिशाापिसावले भरिनुका साथै ढोकामा काँडेझार उम्रेर प्रयोगमा नआएको एक बर्ष भयो बिद्यालयमा दिशा पिसालागेकी दगुरदै खोला किनार र झाडिमा जानु पर्ने बाध्यता भएको कक्षा ९ मा अध्यनरत अन्नता जप्रेलले बताए ।
उनले भने कसैले देख्छकी भनेर डर लाग्छ हतनपत पानी बिनै दिशा सफा नगरेर कक्षा काठोमा बस्नु पर्छ ।छाउ भएको समयमा त बिद्यालयमा जानै अप्ठायारो लाग्ने हुन्छ ।
घरमा चर्पि प्रयोग गरिन्छ बिद्यालयमा चर्पि प्रयोग गर्ने पाईदैन शिक्षकले प्रयोग गर्ने चपिमा गए शिक्षकले कुटपिट गर्नेगर्छ भएका चर्पिमा झाडि उम्रेर चप्रि भित्र पस्न नस्कने भए पछि खुल्ला ठाउँमा दिशा पिसाब गनु परेको कक्षा १० अध्यनरत राकेश जप्रले बताए ।
उनले भने हामीले प्राटिकल गर्दा चर्पि सफत गरौ सर भने हौन शिक्षा बाट योजना माग्नु पर्छ भन्न छन बारीर घरेर बार संगै अन्य काम गर भन्छन हाम्रो त बिद्यालयमा दुरदशा छ । बिद्यालयलाई सरस्वतीको मन्दिर भन्थे । शिक्षको तलब बाहेक कमाई खाने थलो बनेको छ ।
बिद्यालयमा संख्या गन्ने हो भने चर्पिको आबशयकता भन्दा बढि छ प्रयोगमा एक दुई भन्दा बढि छैन कोही पुराना भए र प्रयोग गर्ने रोक लागइएको हो कसैमा फोहर जम्मा भएको छ दुर्गमा भएकाले पनि शिक्षा कार्यालयले हाम्रो कुरा सुन्दैन चर्पि मर्मतकालागी समेत नदिएकाले यस्तो अबस्था आई लागेको शिक्षक तिलक दौल्याले बताए ।
उनले भने बिद्यार्थीलाई चर्पि प्रतिबन्ध छैन ।एकै चर्पि भएकाले लाईनमा बस्नु पर्छ । पानीको अभाव छ । बिद्याथीलाई खाल्डोको दिशा सफा किन गराउने भन्ने हो । अब आन्तरिक स्रोत बाट भए पछि चर्पिको मर्मत गरिन्छ ।बिद्यालयमा करिब ६ सय बिद्यार्थी छन ।
कार्यालयमा हाजिर भएको एक हप्ता भएको छैन बिद्यालयको बस्था बुझदै छु अहिले सम्म करिब १५ लाख रकम दुर्गा माबिमा चर्पि निमार्ण र मर्मतको लागी गएको जिल्ला शिक्षा अधिकारी पदम राज जोशीले बताए

 

प्रतिक्रिया दिनुहोस्