पार्टी विभाजनबाट राप्रपाको एजेन्डाप्रति अन्याय भयोः अध्यक्ष थापा



 

सुरुङ्गा(झापा), २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् र प्रदेशको चुनाव आउन तीन महिना मात्र बाँकी रहेका बेला नेता पशुपतिशमशेर राणाले पार्टी विभाजन गरेर ठूलो विश्वासघात गरेको आरोप लगाउनुभएको छ ।

आज बिर्तामोडमा आयोजित स्थानीय तहका पार्टी अध्यक्षको पूर्वाञ्चल क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाल हिन्दू राष्ट्र नहोस् भन्नेहरुको डिजाइनमा पार्टी फुटाइएको समेत आरोप लगाउनुभयो । पार्टी विभाजन गरेर राणाले पार्टी, कार्यकर्ता र राप्रपाको एजेन्डाप्रति अन्याय गरेको उहाँको टिप्पणी थियो ।

“एकातिर स्थानीय तहको चुनावमा अपेक्षाकृत परिणाम नआउनु र अर्कोतिर पार्टी विभाजनको पीडा एकैपटक सहनु परेको छ”–अध्यक्ष थापाले भन्नुभयो, “राप्रपा नेपालको बलियो राष्ट्रवादी शक्ति बन्न नसकोस् भन्ने डिजाइन र षड्यन्त्रबाट पार्टी विभाजन गरिएको हो ।” रासस

प्रतिक्रिया दिनुहोस्