एनआरएन बेल्जियमको अध्यक्षमा दाहाल बिजयी



बेल्जियम । गैर आवसीय नेपली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो ।

आफ्नो प्रतिस्पधि सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । बिजय दाहालले ११८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धि श्रेष्ठले ९४१ मत प्राप्त गरेका छन । बेल्जियम एनआरएनमा पराजित श्रेष्ठ जनसम्र्पक समिति बेल्जियमका पुर्व अध्यक्ष समेत हुन । उनलाई अर्को राजनीतिक संस्था प्रवासी नेपाली मञ्चको सर्मथन रहेको थियो । उनी बेल्जियमका दुई ठुला संगठनका साझा उमेदवार हुन । श्रेष्ठले लोकतान्त्रीक समाबेशी समुहको नेतृत्व गरेका थिए ।

दाहाल आफु जन प्रगतिशीलका मञ्चका नेता भए पनि उनलाई जनजाति महासंघ, राप्रपा, बिप्लव (माओवादी)का साझा उमेदवार भएका थिए । कमजोर संगठनका बाबजुद निर्वाचनमा होमीएका दाहाललाई उनको काम गर्ने सैलीलाई देखिर लोकप्रिय मत दिएर बिजय गराएका छन । सामजिक क्रियाकलापमा दृढ दाहालले नेपालका बिभिन्न ठाँउमा सामाजिक काम गरेका छन । उनले निर्वाचित भएसंगं नेपाली दाजुभाइ दिदीबहिनीलाई एनआरएनको जिमेवारी दिएकोमा धन्यवाद ब्यक्त गरे । उनले सबैलाई मिलाएर यो सामाजिक अभियानमा लग्ने बिश्वास ब्यक्त गरे ।

छैटौ अधिबेशनबाट बरिष्ठ उपाध्यक्षमा कमल पन्थी बिजय भएका छन । प्रथम उपाध्यक्षमा गोबिन्द सिंखडा निर्विरोध भएका थिए । अन्य दुई उपाध्यक्षमा योगिता थापा र खडक केसी बिजय भएका छन । महिला उपाध्यक्षमा अनुजा प्रधान निर्विरोध चयन भएकी थिईन । महासचिवमा कोषध्यक्षसमेत रहेकी आङमाया लामा शेर्पा निर्वाचित भएकी छन । कोषध्यक्षमा रोशन गुरुङ निर्वाचित भए, सचिवद्धयमा प्रेम तिमल्सिना र जिवन शर्मा निर्वाचित भएका छन । छैटौ अधिबेशनले महिला सचिवमा मुना ताम्राकारmाई निर्वाचित गरेको छ । महिला संयोजकमा हरि भट्टराई, युवा संयोजकमा रविन पण्डित, कार्यकारी सदस्यहरुमा चीज कुमार श्रेष्ठ (सिलुी सबै भन्दा बढी मत ल्याई बिजय भएका छन ।

त्यस्तै अन्य सदस्यहरुमा राजु घिमिरे, कुल बहादुर धर्ती, किरण पुन, दिपक न्यौपाने, आङबाबु शर्पा, मिन दोर्जे थापालाई दुई बर्षको लागि निर्वाचित गरेको छ । निर्वाचित घोषण सभामा एनआरएनए आईसीसी सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए बेल्जियम सस्थापक अध्यक्ष रबिन्द्रमा श्रेष्ठ, महिला सह–संयोजक रजनी प्रधान, एनआरएन युरोप संयोजक कुल आर्चाय, सह–संयोजक प्रेम गुरुङ, एनआरएनए बेल्जियमका पुर्व अध्यक्षहरु त्था बिभिन्न संघ–संस्थाका प्रतिनिधि तथा एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्