हत्याको विरोधमा प्रदर्शन



 

कालिकोट, (नेस)
जिल्लाको तिलागुफा नगरपालिका–५ का १९ वर्षीया मन्सरा न्यौपानेलाई भदौ १८ गते आठबीस नगरपालिका–८ का ३८ वर्षीय कृष्णबहादुर आले मगर, गाडी चालक वीरेन्द्रनगर नगरपालिका–१ का ३४ वर्षीय लक्ष्मीप्रसाद आचार्यले बलात्कारपछि हत्या गरेको भन्दै भदौ १९ गते कालिकोटका महिला नागरिक समाजले विरोध जुलुस प्रदर्शन गरेका छन्।

खिडकी ज्युला घटनाका दोषीलाई कारबाही गर, महिला कहिलेसम्म असुरक्षित भन्ने नाराका साथ विरोध जुलुस प्रदर्शन गरिएको छ। गाडी चालक आचार्यकी भान्जी नाता पर्ने युवती न्यौपानेलाई घर पु¥याइदिन्छु भन्दै चार दिनअगाडि सुर्खेतबाट गाडीमा ल्याई बन्धक बनाई बलात्कार गरेको आरोप उनका मृतकका आफन्तले आरोप लगाएका छन्।
बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी आएपछि आरोपित आले र आचार्यलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ।

बलात्कारपछि बेहोस अवस्थाकी युवतीलाई मुखमा विष हालेर हत्या गरिएको आफन्तहरूको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्