होटलमा काम गर्ने एक बालकको उद्धार



चिरञ्जीवी मास्के, दोलखा । जिल्लालाई बालश्रम मुक्त घोषणा गर्ने अभियानको क्रममा अहिले जिल्ला बाल कल्याण समिति दोलखाले सदरमुकाम चरिकोटको बिभिन्न होटलहरुको अनुगमन गरी बालबालिकालाई काममा लगाएको भेटिए उनीहरुको उद्धार गर्दै आएको छ ।

सोहि क्रममा सदरमुकाम चरीकोटमा रहेको पारिवारिक होटल एण्ड रेष्टुरेन्टमा विगत ८ महिना देखी काम गदै आएको एक बालकलाई आज उद्धार गरीएको जिल्ला बाल कल्याण समिति दोलखाले जनाएको छ ।
जिल्ला बाल कल्याण समिति, जिल्ला प्रहरी कार्यालय दोलखा र बालबालिकाको क्षेत्रमा काम गदै आएका बिभिन्न संघ संस्था तथा सरोकारवालाहरुको सहयोगमा उक्त होटलमा काम गर्दै आउनु भएको कालिञ्चोक गाँउपालीकाको एक बालकलाई उद्धार गरीएको जिल्ला बाल कल्याण समिति दोलखाका सुचना व्यवस्थापक शान्ती खड्काले जानकारी दिनुभएको छ ।
होटलबाट उद्धार गरीएको उक्त बालकलाई जिल्ला बाल कल्याण समितिले संरक्षण गरेको सुचना व्यवस्थापक खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्