उपप्रधानमन्त्री महरा चीन जाँदै



नेपाल समाचारपत्र, काठमाडौ ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बुधबार चीन भ्रमणमा जाने भएका छन् ।

उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ जान लागेका हुन् । उनले चिनियाँ विदेशमन्त्रीका साथै चिनियाँ उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

महराले ग्वान्झाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको उदघाटन गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधान तथा परराष्ट्र मन्त्री महराले ग्वान्झाओका उद्योगीका साथै प्रदेशका नेताहरुलाई पनि भेट्नेछन् । महरा २६ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्