काठमाडौंबाट समातियो ८८ किलो सुन, अहिलेसम्मकै ठूलो परिमाण (फोटो फिचरसहित)  



नेपाल समाचापत्र, काठमाडौ ।
काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जना चिनिया नागरीकलाई पक्राउ गरेको छ ।
बा १७ च ६४२७ नम्बरको गाडीबाट प्रहरीले सुन बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन गरी जनकारी दिएको छ ।

तस्विर : ईश्वरराज ढकाल,काठमाडौ

गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो ।
सोमबार बिहान गाडी  चालकले स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो ।
स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।
यति धेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्