के नाम दिने ?



 

निर्वाचनका बेला पार्टी प्रवेश गर्नेको संख्या हेर्दा लाग्छ नेपालको जनसंख्या ३ करोड होइन त्यसको डबल भयो होला। तर, थापाथलीस्थित तथ्यांक विभागको नोटिस बोर्डमा देखिने संख्या हेर्दाचाहिँ त्यस्तो देखिन्न। पार्टी नजिकका अनलाइन तथा पत्रिकामा आउने संख्यालाई मान्ने हो भने देशमा कुनै एक पार्टीले बहुमत ल्याउनुपर्ने हो। तर, अहिलेसम्म ल्याउन सकेका छैनन्।

जनतालाई झुक्याउन माहिर दलका नेताले हरेक दिनजस्तो यति र उति संख्यामा पार्टी प्रवेश गरेको समाचार दिने गरेको देख्दा धरहरालाई पनि अचम्म लागेको छ। अचम्म लागेर के गर्नु नेताका पछि लाग्नेहरूले कहिल्यै ढाँटको खेती गर्न छोडेका होइनन्। तैपनि त्यै नेताको कुरा पत्याउने नेपाली जनतालाई के संज्ञा दिने होला धरहरा सोचिरहेको छ है पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्