नदी कटानले ११ सय घरधुरी जोखिममा, विकल्प खोज्दै पीडित, राज्य उदासिन



जोखिममा परेको रुकुमको पोखरा बस्ती । तस्वीरः नेस

 

धनवीर दाहाल, रुकुम
पूर्वीरु कुमको सिस्ने गाउँपालिका–३ मा रहेको पोखरा बस्ती जोखिममा परेको छ। वर्षेनी सानोभेरी नदीको बढ्दो बहावका कारण नदी किनारको भूभाग कटान हुँदै गएकाले उक्त बस्ती जोखिममा परेको हो।

करिब एघार सय घरधुरी रहेकोे पोखराको बस्ती सानोभेरी नदीको कटानका कारण जोखिममा परेको छ। वर्षैपिच्छे नदीको बहावले जमिन कटान गरेको र नदी माथिबाट पहिरो झर्न थालेपछि पोखराको बस्ती जोखिममा परेको हो। नदी कटानले पूरै बस्ती जोखिममा पर्दासम्म सरकारी निकायबाट तटबन्धको व्यवस्था नगरिएको स्थानीयको दुःखेको छ। स्थानीय नन्दराम लामिछानेले साविकको पोखरा गाविस १ देखि ४ सम्म नदीले हरेक वर्ष कटान गर्ने गरेकाले बस्ती जोखिममा परेको बताउनुभयो। तटबन्धका लागि धेरै ठाउँमा प्रयास गरिए पनि कसैले सुनुवाइ नगरेको उहाँको गुनासो छ।
झन्डै ३ किलोमिटर जतिको भूभाग वर्षेनी नदी कटानका कारण बग्न थालेको र जीवन गुजारा चलाउने खेतबारी नै बाढीले बगाइदिँदा पोखराबासी अप्ठेरोमा परेको स्थानीय चिताराम खड्काले बताउनुभयो। उहाँले भन्नुभयो– ‘कुनै बेला नदी किनारको छेउमा रहेको खेतबारीबाट वर्षौंलाई धान्ने अन्नबाली उत्पादन हुने जमिन विस्तारै बगरमा परिणत हुन थालेको छ।’

सिस्ने गाउँपालिका–३ ले अब छिट्टै तटबन्धको व्यवस्था गरी जोखिम बस्तीलाई सुरक्षित गर्ने योजना पनि अघि सारिएको वडा अध्यक्ष पशुपति खड्काले बताउनुभयो। उहाँले भन्नुभयो– ‘खास गरेर वर्षा यामको समयमा सानोभेरी नदीको बहाव बढ्ने भएकाले नदी छेउको जमिन कटान भई नदी माथिबाट पहिरो झर्दा पोखराको बस्ती नै खतरामा पर्ने गरेको छ। तटबन्धका लागि हामीले पहल थालिसकेका छौं। नदी कटानको समस्यालाई तत्काल अन्त्य गर्न समयमै सरोकारवाला निकायले तटबन्धको व्यवस्था गर्न जरुरी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्