राष्ट्र सेवक बहुमुखी सहकारीको अध्यक्षमा निरौला निर्वाचित



नेपाल समाचारपत्र, काठमाडौ । नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले संंचालन गरेको राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लि काठमाडौको १० औं साधारण सभाले गोविन्दप्रसाद निरौलालाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार सम्पन्न साधारण सभाले उपाध्यक्षमा दावा शेर्पा, सचिव हेमकुमार तिमिल्सिना, कोषाध्यक्ष दिनेश लम्साललाई निर्वाचित गरेको छ ।
त्यसैगरी सदस्यहरुमा चमेली कार्की(पोखरेल), छिरिङ तामाङ, दीपकप्रसाद अधिकारी, प्रकाश शर्मा, युवराज शर्मा, रामचन्द्र सापकोटा, रामशरण थापा निर्वाचित भएका छन । त्यस्तै लेखा समिति संयोजकमा गणेशप्रसाद गुरागाइ, सदस्यमा बिकास भट्टराइ, तिला भट्टराइ निर्वाचित भएका छन । त्यस्तै ऋण उपसमितिमा गिरीराज भट्ट, हरिबहादुर रायमाझी, शिक्षा उपसमितिमा अमृतादेवी अधिकारी र सारदाप्रसाद निरौला रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्