नागरिक लगानी कोषले लाभांश दिने



 

नेपाल समाचारपत्र
काठमाडौं
नागरिक लगानी कोषले लगानीकर्तालाई लाभांश दिने भएको छ। कोषको २१औं साधारणसभाले शेयरभनीलाई २१ दशमलव ८५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको हो।

यससँगै सभाले कर प्रयोजनको लागि १ दशमलव १५ प्रतिशत नगद लाभांशलाई पनि अनुमोदन गरेको छ। कोषले आर्थिक वर्ष २०७१⁄७२ को कमाईबाट लाभांश दिने भएको हो। सो आवमा कोषले ४८ करोड ६८ लाख ९७ हजार रुपियाँ नाफा गरेको थियो।

कम्पनीको हाल चुक्ता पुँजी ६० करोड ७५ लाख रुपियाँ रहेको छ। बोनसपछि कम्पनीको चुक्ता पुँजी ७४ करोड नाघ्ने बताइएको छ। कोषले गत आर्थिक वर्षको अन्त्यसम्म ९३ अर्ब ५३ करोड ६२ लाख रुपियाँ खुद कोष रकम संकलन गरेर ८५ अर्ब ५० करोड ४९ लाख रुपियाँ लगानी गरेको जनाएको छ।

कोषले गत आर्थिक वर्षमा २८ करोड ४५ लाख रुपियाँ खुद नाफा गरेको छ। मुनाफा अघिल्लो वर्षको तुलनामा ३१ दशमलव २१ प्रतिशत बढी हो। आम्दानीमा कुल खर्च, कर अघिको नाफा र आयकर कटाएपछिको खुद नाफा १८ करोड ६१ लाख ४६ हजार रुपियाँ कोषको भनाइ छ।

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कोषको प्रतिशेयर आम्दानी ३८ रुपियाँ, प्रतिशेयर नेटवर्थ २ सय २ रुपियाँ छ। कोषको प्रतिशेयर आम्दानी र नेटवर्थ दुवै अघिल्लो वर्षको तुलनामा बढी हो। अघिल्लो वर्ष प्रतिशेयर आम्दनी ३५ रुपियाँ र नेटवर्थ १ सय ६४ रुपियाँ रहेको थियो।
साधारणसभाले कोषमा नयाँ सञ्चालक पनि चयन गरेको छ। सर्वसाधरण शेयरधनीको तर्फबाट अशोक बुढाथोकी र अन्य वित्तीय संस्था समूहबाट नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि कमलेश कुमार अग्रवाल आगामी ५ वर्षका लागि निर्विरोध सञ्चालक चयन हुनुभएको हो। निर्वाचित संचालकको अवधि ५ वर्ष रहने छ।

 

प्रतिक्रिया दिनुहोस्