शिल्पीमा हिउँको धुन



 

ख्वाप नाट्य समूहको प्रस्तुतीमा नाटक हिउँको धुन मञ्चन गरिएको छ। बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा उक्त नाटक मञ्चन गरिएको हो।

नाटकमा ओलिभर धनाढ्इ् परिवारको एक्लो छोरा हुन्छ। ऊ राम्रो र प्रतिष्ठित वकिल भएकाले सबैको प्रिय हुन्छ। सेइरोन र ओलिभर नजिकका साथी हुन्छन्, जो एक अर्काको कुरा गर्न हिचकिचाउँदैनन्। सेइरोन बालमन्दिरमा काम गर्छिन् भने त्यही नताली नाम गरेकी बालिका पनि बस्छे। बाबुआमा नभएकी टुहुरी नतालीलाई सेइरोनले आमाजस्तै गरेर राखेकी हुन्छे भने नतालीले भने सेइरोनलाई जुत्ता सिलाउने दिदी भन्दिन्छे। नतालीलाई मुटुको समस्या भएकाले रगत फेरिरहनुपर्ने हुन्छ। तर अकस्मात ब्लड बैंकमा उसलाई मिल्ने ब्लड नपाए पछि सेइरोनले ओलिभरलाई अदालतबाहिर कुरेर बस्छे। ओलिभर बाहिर आए पछि नतालीलाई ब्लड नभेटेको कुरा गर्छे। नतालीको आफ्नो बाबा नभएकाले गर्दा ओभिरलाई बाबा भनेर अँगालो मारिदिन्छे। ओलीभरलाई नतालीले बाबा भन्छु है नम्र स्वरमा भन्दा दर्शकहरु भावुक हुन्छन्। ओलिभरले अतालीलाई छोरी भन्छु भनेपछि नताली खुसी देखिन्छे।

नाटकले आफ्नोपन र अनाथ बालबालिकाको मनोविज्ञान प्रस्टपारेको छ। निकै कारुणिक तथा बालमनोविज्ञानमा आधारित नाटकमा नतालीको भूमिकामा प्रस्तुत भएकी एन्जेलिना न्यौपानले चरित्रलाई न्याय गरेकी छिन्। प्रदिप खड्गी ( पासा) ले निर्देशन गरेको नाटकमा हेमन तण्डुकार, दिपिका थापा, प्रदिप नेपाल, सवनम चौधरी, अर्जुन बोहोरा, सुरज सुवेदी (भाइजन), विनोद पौडेल, आर्यन विष्ट, अनिषा कोइराला, सुसान्त तामाङ, विजय सापकोटा, अंकीत सुनार, शुरेन्द्र कटुवालले अभिनय गरेका थिए। प्रवीण खड्गीले लेखेको नाटकमा संगीत तथा स्वर राजन थापाले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्