गुञ्जिए देवेश



 

गायक देवेश राई राजधानीमा गुञ्जिएका छन्। उनी राजधानीको बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा गुञ्जिएका हुन्। सो अवसरमा देवेशले दर्शकलाई करिब तीन घण्टा आकर्षित गरेका थिए। नेपाली तारा सिजन३ का फस्ट रनर्सअप देवेश रकिङ शैलीमा प्रस्तुत भएपछि दर्शकदीर्घा उनीसँगै झुमेको थियो।

साँझ ८ बजेतिर स्टेजमा उक्लिएका देवेशले आफ्नाबाहेक गायक एड्रिन प्रधान, सविन राई, सुनिल बर्देवाजस्ता गायकहरुको गीत सुनाएपछि मोहोल तातेको थियो। उनले आफ्ना चर्चित तथा केही नयाँ गीतहरु पनि सुनाएका थिए।

अनप्लगमा प्रस्तुत भएका दवेशको प्रस्तुति हेर्नका लागि संगीतकार डाक्टर किराँत, गायक बिक्रम राई, विनोद राई, गीतकार तथा गायक राम रेप्चुङ राई, मोडल बबिता फोम्बो, सैलेन्द्र थेबेलगायत पुगेका थिए। राति अबेरसम्म चलेको कार्यक्रममा देवेशबाहेक नियमित गजलबारको ब्यान्डले पनि दर्शकलाई मनोरञ्जन दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्