मनिष र निकिता मिस्टर एन्ड मिस कास्की



 

पोखरा, (नेस)। पोखरा फेरि एकपटक ग्ल्यामरस दुनियाँमा रमाउन थालेको छ। केही समयअघि फेसन सोबाट उत्साहित पोखरेलीबासी यतिबेला ट्यालेन्ट सोले प्रोत्साहित भएका छन्। पोखराका विभिन्न इभेन्टमध्ये मिस्टर एन्ड मिस कास्की आयोजना गरियो।

पोखरामा आयोजित मोडलिङ रियालिटि सो मिस्टर एन्ड मिस कास्की २०७४ को उपाधि मनिष ओस्था र निकिता खड्गीले चुमेका छन्। पोखरा सभागृहमा आयोजित ग्रान्ड फिनालीमा मिस्टर कास्की बन्न सफल मनिषले मिस्टर मल्टिमिडिया र मस्ट पपुलरको सब टाइटलसमेत जिते। मिस कास्की बन्न सफल निकिताले बेस्ट पर्सनालिटि र बेस्ट फिगरको सब टाइटलसमेत जितिन्।

ब्ल्यु रे प्रोडक्सनद्वारा आयोजित प्रतियोगीतामा मिस्टर कास्कीतर्फ फस्ट रनर्सअप विवेक तामाङ, सेकेन्ड रनर्सअप आशिष केसी, थर्ड रनर्सअप युवराज गुरुङ भए। मिस कास्कीतर्फ फस्ट रनर्सअप वर्षा गुरुङ, सेकेन्ड रनर्सअप पुजा श्रेष्ठ, थर्ड रनर्सअप अस्मिता तिवारी भए। अर्गनाइजर च्वाइस अवार्ड रोजी मगरलाई प्रदान गरियो। उनीहरुले विभिन्न उपशीर्षक पनि जितेका थिए।

प्रतियोगीतामा मस्ट बेस्ट वाक रञ्जना गुरुङ, बेस्ट फिजिक्स कपिल पुन मगर, मस्ट फ्रेन्डली जयन्ती गुरुङ, कन्जिनियाटि सनम गुरुङ, मिस व्युटि कम्प्लेक्सन सरीता श्रेष्ठ, मिस इन्टुलेक्च्युल मनिषा नेपाली, मस्ट स्टाइलिस सुजन थापा, मिस फोटोजेनिक सोनु गुरुङ घोषित भए। डिजाइनरबीचको प्रतिष्पर्धामा सपना तिवारीले बाजी मारिन्। प्रतियोगीताको कोरियोग्राफी सागर आचार्यले गरेका थिए।

 

अन्तिम प्रतिष्पर्धामा उपाधिका लागि ६ युवा र ११ युवतीले प्रतिष्पर्धा गरेका थिए। अन्य सौन्र्दय प्रतियोगीताभन्दा केही पृथक बनाउन आयोजकले गरेको मेहनतको सबैले तारिफ गरे। अभिनयसँगै प्रतियोगीले गरेको लव सिक्वेन्सले उपस्थित दर्शकलाई नयाँपन दिलायो। कार्यक्रम अपेक्षाअनुसार सफल बनेको कार्यक्रम संयोजक स्वस्तिका केसीले प्रतिक्रिया दिइन्।

प्रतिक्रिया दिनुहोस्