काकडभिट्टा नाकाबाट लागु औषध भित्रीने क्रम रोकिएन



भद्रपुर(नेस) । झापाको पूर्वी नाका काकडभिटटाबाट लागु औषध भित्रीने क्रम अझै रोकिएको छ्रैन । मेची पुलमा खटिएका प्रहरीलाई चुनौती दिदै नेपाली युवायुवतीले भारतको पानीटंकी बजारबाट खरिद गरी ल्याएका लागु औषध नेपाल भित्राउने कार्यमा सम्लग्न रहेको पाइएको छ ।
यसैक्रममा लागु औषध नियन्त्रण ब्युरो काकडभिट्टाका प्रहरी सहायक निरीक्षक देबि रमण तिमल्सिनाको टोलीले एक जना युवकलाई लागु औषध सहित नियन्त्रणमा लिएको छ । रामेछाप गौशाला ९ घर भई हाल मोरङको लेटाङ नगरपालिका ९ बस्ने २३ बर्षिय बिबेक मगरलाई लागु औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको शरिर चेकजाच गर्दा ढाडमा टेपले वेरिएको १९ थान डाईजोपाम, १९ थान फेनारागन र १९ थान लुपिजेसिक फेला पारेको हो । नियन्त्रणमा लिएका मगरलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय काकडभिटटामा राखिएको छ । भारतीय बजारमा खुलेआम लागुऔषध बिक्री वितरण हुने गरेकाले काकडभिटटा नाकाबाट दिनहु लागु औषध नेपाल भित्रीने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्