मत तिनै गिट्टीहरु
सङ्ग परिचित
चोक चोक, र गल्ली गल्ली
सङ्ग परिचित मान्छे ।
बर्खा यामको झरी सङ्ग संगै
खडेरिको चर्को धुप सङ्ग
आफ्नो दैनिकी
साट्ने मान्छे म
तिम्रो जस्तो परिचय कहाँ दिन सक्छुर ।।
लरखराउदै जब चल्छ्न
मेरा नाङ्गा पाउहरु
ती पत्थरहरुको बिचमा
नत टुट्ने डर, नत छुट्ने डर ।।।
सबैका लागि
खराब, खतरा बनेका
ती गल्लीहर, ती चोकहरु
अनि धुलाका कणहरु मेरा लागि के बिरानो के खतरानाक ।।
हजारौ को भारिले
मेरो गतिलाइ जित्दा त्यो निर्जीव
रिक्सा पनि,
म भन्दा कोसौ अगाडि पुगेसकेको हुन्छ।।।
गन्तव्य बिहिन
म त्यस्तो यात्री हु जसको
न साझा छ,
न बिहान,
नत दुख साट्ने चौतारी नै।।।
हजारौ को भिडमा म,
यक्लो हुन पुग्थे
परिक्ष्र्मको फल सङ्ग सङै
गाली गलोज का पोका बर्षिन्थे ।।
गन्तव्य बिहिन
म त्यस्तो यात्री हु जो सधै
कसैको पर्खाइमा
चोकचोक, गल्लीगल्ली
हुन्थे ।।
आफ्ना निस्कपट,
निश्च्ल आँखाहरुले इशाराहरु दर्शायर अनुरोध गर्दा
हजारौ को गाली सुन्न बिबस म ।।
यक दुई रुपैयाका लागि
मेरा अगाडि झुक्ने तिम्रो
त्यो सिरले,
मेरो पसिना,
मेरो दुख के देख्थ्यो ।।
हो म त्यही रिक्सावाला हँु
म त्यही गन्तव्य बिहिन यात्री हँु
हर दिन,
त्यही गल्लीगल्लीमा
तिनै चोकचोकमा,
तिमिले देख्ने गरेको म त्यही ब्यक्ती हुँ ।।।
हिजो देखे उ
आज देखे उ
भोलि पनि देख्ने छाँै ।।
म कसैको खोजिमा हिडिरहेको ।
निस्ठावान कसैलाइ कुरिरहेको ।।।
(श्रधा केसी )
अल्पाइन म्यानेजम्यान्ट कलेज नेपालगन्ज

LEAVE A REPLY