करोडौंको अस्पताल बनाउँदै सांसद शाह



प्रकाश पन्त, बीरेन्द्रनगर ।
सांसद राजीवविक्रम शाहले व्यक्तिगत लगानीमा जाजरकोटको दुर्गम गाउँमा २५ शैयाको अस्पताल निर्माण थाल्नु भएको छ ।
कुमारी ट्रस्ट मार्फत ५ करोड रुपौयाँको लगानीमा छेडागाड नगरपालिका—५ थलबजारमा अस्पताल निर्माण थाल्नु भएको हो ।
जाजरकोट जिल्लाको पश्चिम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिने उदेश्यले थलबजारमा अस्पताल निर्माण गर्न लागेको सासंद शाहले बताउनु भयो ।
जाजरकोट क्षेत्र न २ वाट निर्वाचित सासंद शाहले कमजोर आर्थिक अवस्था भएका यस क्षेत्रका जनतालाई गाउँघरमै सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिने उदेश्यले व्यक्तिगत लगानीमा अस्पताल निर्माण गर्न लागेको पनि उल्लेख गर्नुभयो ।
एलजीएस लोगोस्ट्रील प्रविधिको प्रयोग गरी आगामी मंसिर महिनाभित्र निर्माण सम्मन्न गर्ने गरी भवन निर्माणको काम सुरु गरिएको निर्माणको जिम्मा लिएको पञ्चकन्या गुप्रले बताएको छ ।
अहिले अस्पतालको फाउण्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको अस्पतालको डिजाईनर एचबी अर्किटेक्ट कम्पनीका आर्किटेक्ट राजीव अवालले बताउनु भयो ।
जग निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गदै उहाँले अबको दुई÷तीन दिनभित्रै वाकी निर्माणको काम सुरु हुने जानकारी दिनुभयो ।
२५ शैयाको अस्पताल भवनका साथै डाक्टर र स्टापहरुको लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेटर राख्ने भवन पनि निर्माण गर्न लागिएको छ ।
आर्किटेस्ट अबालेले माइनर अप्रेसन पनि गर्न मिल्ने गरी भवन निर्माण गर्न लागिएको र पछि यसलाई विस्तार गर्न सकिने बताउनु भयो ।
भुकुम्प प्रतिरोधी भवनको निर्माणसँगै अस्पतालको लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाका उपकरण पनि किनिएको छ ।
अस्पताल निर्माणपछि पश्चिम क्षेत्रका साविकका १५ वटा गाविसका साथै पूर्वी क्षेत्रका अधिकाश गाविसका जनतालाई पनि उपचारमा सहयोग पुग्ने नेपाली काँग्रेस जाजरकोटका सचिव खड्क विसीले बताउनुभयो ।
उहाँले थलबजारमा २५ शैयाको अस्पाल निर्माण हुन थालेपछि यस क्षेत्रका जनता निकै हर्षित भएको पनि उल्लेख गर्नुभयो ।
अस्पताल निर्माणपछि माइनर अप्रेसन पनि हुने भएकोले आर्थिक रुपमा विपन्न जनतालाई धेरै राहात पुग्ने पनि सचिव विसीले बताउनुभयो ।
२०७० सालको निर्वाचनमा सांसद शाहले क्षेत्र न २ का जनतासँग गर्नु भएको प्रतिवद्धतालाई अस्पताल वनाएर पुरा गर्नु भएको छ ।
चुनावको वेला उहाँले थलबजारमा व्यक्तिगत लगानीमा सामुदायिक अस्पताल निर्माण गर्ने जनतासँग प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्