मन्त्रालय पाएँ तर काम गर्ने अख्तियारी पाईन: मन्त्री बलायर



विमल विष्ट, डोटी ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले आफुले मन्त्रालय पाएपनि काम गर्ने अख्तियारी नपाएको बताउनु भएको छ । कामको सिलसिलामा डोटीको दिपायल आई पुग्नु भएका मन्त्री बलायरले नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले लगाएको आचारसंहिताका कारण आफुले काम गर्ने अवसर नपाएको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘मैले मन्त्रालय पाए तर काम गर्ने अवसर पाएन के, कसरी र कुन कारणले आचार संहिता लागु भयो मैलेपनि बुझन सकेन, आक्रमण सैलीमा आचार संहिता लगार्इैयो र सरकारलाई बन्धक बनाईयो, सरकारलाई खुकुलो बनायर आचार संहिता लगाउनु पर्छ ।’

त्यस्तै मन्त्री बलायरले डोटीमा २९ वटा पक्कि पुलका लागि डिपिआर तयार भई सकेकाले यो बर्ष नै ठेक्कामा लैजाने योजना भएको बताउनु भयो । उहाँले थप भन्नु भयो ‘पक्कि पुल नहुँदा यातायात बन्द हुने अवस्था बाट डोटी अब मुक्त हुने छ ।’

दिपायल देखी खप्तड पर्यटन क्षेत्रमा केबुलकार पु¥याउनका लागि पहल भईरहेको बताउदै मन्त्री बलायरले भन्नु भयो ‘एउटा नेपाल र अर्को भारतिय कम्पनी संग केबुलकार सञ्चालका लागि कुरो भएको छ,सम्भबत चाडै नै स्थलगत अध्यन र निरिक्षण हुने छ ।’ त्यस्तै सुदूरपश्चिमको ७ सय ५० मेगावाटको जलासय युक्त पश्चिम सेती आयोजना सञ्चालनका लागि चिनिया सरकारका मन्त्री संग कुरो भईसकेकाले चाडै पश्चिम सेती आयोजना सञ्चालनहुने बताउनु भयो ।

सोही पत्रकार सम्मेलनमा मन्त्री बलायरले ७ नम्बर प्रदेशको राजधानी दिपायलमा नै हुने बताउनु भयो । उहाँले भन्नु भयो ‘मैले के कती सक्छु,के सक्दैन आफनो ठाउमा छ तर राजधानी दिपायल बनाउने बिषयमा म अडिग छु र एक ईन्चि डग्मगाउने छैन् ।’

मन्त्री बलायरले खुटिया, बिपिनगर, दिपायल फाष्ट ट्रयाक अब दिपायल सम्म मात्र नभएर चिनको ताक्लाकोट सम्म लाजाने बताउनु भयो । उहाँले थप भन्नु भयो ‘चिन संगको सम्बन्ध अझ सुधार पार्न तथा ब्यापार ब्यबसाय बनाउनका लागि खुटिया, बिपिनगर, दिपायल फाष्ट ट्रयाकलाई बझाङ हुदै चिनको तक्लाकोट पु¥याईने छ ।’

खुटिया,बिपिनगर,दिपायल फाष्ट ट्रयाकको नाम परिवर्तन गरी धनगढी ताक्लाकोट फाष्ट ट्रयाक राखिने समेत मन्त्री बलायरले पत्रकार सम्मेलनमा बताउनु भयो ।

बिसम परिस्थितीमा आफले मन्त्रालय चलाउनु परेको बताउदै मन्त्री बलायरले भन्नु भयो ‘जनताको आबस्यक्ता अनुसार सरकार जे गर्न पनि तयार हुने छ ।’ प्रेश युनियनका डोटी अध्यक्ष योगेन्दै बलायरको अध्यक्षतामा उक्त उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त पत्रकार सम्मेलनमा काग्रेसका डोटी पार्टि सभापति प्रदिब देउवा, महाधिबेसन सदस्य भुमिराज बडु, कोषाअध्यक्ष भरतबहादुर कठायत लागयतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

 

त्यस्तै मन्त्री बलायरलाई दिपायलमा शैलेस्वरी, उग्रतारा, डडेल्धुरा यातायात ब्यबसायी समिति तथा डोटी उद्योग बाणिज्य संघले स्वागत कार्यक्रमको आयोजना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्