महिन्द्राको सुप्रो भ्यान आयो



 

काठमाडौं, (नेस)
महिन्द्रा ग्रपअन्तर्गतको प्रतिष्ठान महिन्द्रा एन्ड महिन्द्राले नेपालकै पहिलो डिजेल कार्गो भ्यान ‘सुप्रो’ नेपाली बजारमा ल्याएको छ। कम्पनीले राजधानीमा जारी नाडा अटो सोको अवसरमा उक्त भ्यान सार्वजनिक गरेको हो।

सो अवसरमा सुप्रो कार्गो भ्यान एक टनभन्दा कम तौल ओसारपसार गर्न व्यावसायिक आवश्यकताको सम्बोधन गर्ने गरी डिजाइन गरिएको बाहन रहेको बताइयो। उच्च माइलेज, विश्वासिलो डिआई इन्जिन, क्लोज्ड बडी, यस वर्गकै उत्कृष्ट बे भोल्यूम–२३३० लिटर र इम्प्रेसिभ टप स्पिडका कारण यसले व्यावसायिक कार्य प्रदर्शनका लागि सहजता दिने कम्पनीको दाबी छ।

भ्यान सार्वजनिक कार्यक्रममा बोल्दै महिन्द्रा एन्ड महिन्द्राका भाइस प्रेसिडेन्ट सञ्जय जाधवले नेपालमा महिन्द्राका मोबिलिटी सलुसन्सका पूर्ण शृंखला सार्वजनिक गर्न पाउँदा गौरवान्वित भएको बताउनभयो। उहाँले भन्नभयो–‘थ्री साइड लोडिङ, कम उचाइको लोडिङ र आरामदायी ड्राइभिङजस्ता विशेषताले सुसज्जित सुप्रो कार्गो भ्यानबाट उच्च मूल्यका वस्तु र एफएमसिजी, लौन्ड्री, कुरियर, ई–कमर्स डेलिभरी जस्ता व्यवसायको विस्तारमा साझेदारी गर्ने उद्देश्य लिएका छौँ।’
उक्त कार्यक्रममा बोल्दै दुगड ब्रदर्स एन्ड सन्स प्रालिका भाइस चेयरम्यान विवेक दुगडले भ्यानले ४७ प्रतिशत पेलोड, २१ दशमलव ४६ मिलोमिटर प्रतिलिटरको अतुलनीय माइलेज दिने कारण सञ्चालन खर्च घटाउन सहयोग पुग्ने दाबी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्